सहारा दैनिक

spot_img
Homeदेशमधेशमानवसेवा आश्रमका आश्रितहरुलाई मीठो भोजन

मानवसेवा आश्रमका आश्रितहरुलाई मीठो भोजन

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ४ माघ ।
शैक्षिक सहीद मुकुन्दप्रसाद खनाल स्मृति प्रतिष्ठानले १७औं स्मृति दिवसको अवसरमा शुक्रवार मानवसेवा आश्रमका आश्रितहरुलाई मीठो भोजन खुवाएको छ ।
कार्यक्रममा मानव सेवाआश्रममा आश्रित ५० जनालाई प्रतिष्ठानकी अध्यक्ष मुना खनाललगायतले मीठो भोजन गराएका हुन् । खनालको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार प्रकाशकुमार उपाध्याय, प्रकाश थारू, मुना मगर, ज्ञानदा एकेडेमीका कार्यकारी अधिकृत राजेन्द्र कोइरालालगायतको उपस्थिति थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष एवं प्रतिष्ठानका सल्लाहकार ओमप्रकाश खनाललाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रममा स्वागत एवं सहजीकरण प्रतिष्ठानका सचिव लालबाबू सिंहले गरेका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -