सहारा दैनिक

spot_img
Homeदेशमधेशबसडिलवामा दलित सामुदायिक भवन शिलान्यास

बसडिलवामा दलित सामुदायिक भवन शिलान्यास

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३ माघ ।
वीरगंज महानगरपालिका वडा नं. २९ बसडिल्वामा दलित सामुदायिक भवनको शिलान्यास गरिएको छ ।
कार्यक्रममा नगरप्रमुख राजेशमान सिंहले समुदायको विकासमा महानगरपालिका प्रतिबद्ध रहेको बताउँदै यस भवनले दलित समुदायलाई संगठित रूपमा अघि बढ्न टेवा पु¥याउनेछ। शिक्षा, रोजगार, सीप विकास तथा सामाजिक गतिविधिका लागि यो भवन अत्यन्तै उपयोगी हुने बताए ।
कार्यक्रममा महानगरपालिकाका मेयर राजेशमान सिंह, महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वडा नं. २९ का वडा अध्यक्ष, वडा सदस्यहरूको सहभागिता थियो ।
बसडिल्वामा निर्माण हुन लागेको यो सामुदायिक भवन दलित समुदायको लागि विशेष रूपमा समर्पित रहनेछ। स्थानीय समुदायको सामाजिक, सांस्कृतिक तथा शैक्षिक गतिविधिहरू सञ्चालन गर्नका लागि यो भवन निकै उपयोगी हुने अपेक्षा गरिएको छ। समुदायका अगुवाहरूका अनुसार, दलित समुदायको समग्र विकास र सशक्तिकरणका लागि यो भवन मीलको ढुंगा सावित हुने नगरप्रमुख सिंहले बताए ।
वडा अध्यक्ष तथा स्थानीय नेताहरूले पनि यो भवनले दलित समुदायको पहिचान र आत्मनिर्भरता अभिवृद्धि गर्न सघाउने धारणा राखेका थिए ।
उनीहरूले वीरगंज महानगरपालिकालाई धन्यवाद दिंदै भवन समयमै पूरा गर्न सहयोग गरिने बताए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -