सहारा संवाददाता–––––––––––––––
वीरगंज, १ माघ ।
बाराको बरियापुरस्थित गढीमाई मन्दिरमा मंगलवार माघे संक्रान्तिका दिन उल्लेख्य मात्रामा भक्तजनहरु पुगेका छन् ।
विश्वप्रसिद्ध गढीमाई मन्दिरमा खिचडीको विशेष अवसरमा बली दिने तथा परेवा उडाउनेहरुको निकै घुँइचो लागेको छ । सडकदेखि मन्दिरसम्म पुग्न पनि भक्तजनहरुलाई निकै सकस भएको थियो । कलैयादेखि नै सवारी साधनको लामको कारण जाम लागेको थियो । जाममा फसेका थुप्रै भक्तजनहरु कालोपत्रे सडकदेखि नै दुई तीन किलोमिटर बाटो पैदल हिंडनुपरेको थियो ।
नेपाल तथा भारतबाट आएका भक्तजनहरुले मन्दिरमा दर्शन गर्ने, पूजापाठ गर्ने, परेवा उडाउने तथा बलि दिने गरेका छन् । भारतको विभिन्न स्थानबाट आएका भक्तजनहरुले बोका बलि दिएर गढीमाई क्ष्Fेत्रमा पकाएर पिकनिक नै गरेका थिए । ससाना भुजा पकौडीको पसलमा पनि सिलप्याकदेखि खुला रक्सी बिक्री भइरहेको देख्न पाइयो ।
गढीमाई मन्दिरमा माघे संक्रान्तिको दिन उल्लेख्य भीड
Facebook Comments Box