सहारा दैनिक

spot_img
Homeसमाचारजलवायुमैत्री खेती प्रणाली अवलम्बन गर्न जरूरी छ

जलवायुमैत्री खेती प्रणाली अवलम्बन गर्न जरूरी छ

धनुषा, १  माघ/रासस

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जलवायुमैत्री खेती प्रणाली अवलम्बन गर्न जरूरी रहेको बताउनुभएको छ । नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलन धानखेतीसँग सम्बन्धित प्रविधिका बारेमा आज जनकपुरधाममा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री सिंहले खेती प्रणाली र जीवनका हरेक पक्षमा जलवायुको बदलिँदो स्वभाव र वातावरणमैत्री व्यवहार आवश्यक रहेकामा जोड दिनुभयो ।
खेती गर्दा रासायनिक मलको अत्यधिक प्रयोग हुँदा माटोको उर्बरा शक्ति घटेको भन्दै मुख्यमन्त्री सिंहले वातावरणमैत्री खेतीका लागि प्रदेश सरकारले प्राङ्गारिक मलको प्रयोग गर्न किसानलाई प्रोत्साहित गर्ने नीति लिएको उल्लेख गर्नुभयो ।

प्रदेशका वन तथा वातावरणमन्त्री त्रिभुवन साहले चुरे तथा वन विनाशका कारण वातावरणमा नकारात्मक असर पारेकाले चुरेको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउनुभयो ।

श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय, नेपालमा जलवायु अनुकूल धानको खेतीविज्ञ निलम शर्मा रिजाल र मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव विनय कर्ण, मधेस प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साहले जलवायुमैत्री खेती प्रणालीका बारेमा आफ्नो धारणा र प्रस्तुति गर्नुभएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -