सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ पुस ।
नेकपा एमाले पर्सा जिल्लाको प्रथम सचिवालय कमिटीको बैठक सोमवार सम्पन्न भएको छ ।
एमाले, पर्सा अध्यक्ष डा. विशम्भरकुमार शर्माको अध्यक्षतामा पार्टी कार्यालय मनमोहननगरमा भएको बैठकमा केन्द्रीय कमिटी सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजरा र केन्द्रीय सदस्य अरविन्द सिंहले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि एमालेको माघ देखि चैत महिनासम्म सञ्चालन हुने तीन महिने वडा–केन्द्रित पार्टी निर्माण अभियानको वारेमा जानकारी गराउनु भयो । केन्द्रीय कमिटीको बैठकले वडा केन्द्रीत अभियान शुरू गर्ने निर्णय गरेको थियो । माघ महिना भित्र १४ वटै पालिकाको अधिवेशन र तत्पश्चात ११२ वटै वडाको अधिवेशन गर्ने निर्णय भएको जिल्ला कमिटी सचिव महेश दासले जानकारी दिनुभयो ।
पालिका अधिवेशन सम्पन्न गर्न क्षेत्रीय समन्वय कमिटीको बैठक आउदो साता सम्पन्न गर्ने बैठकबाट निर्णय गरिएको छ ।
बैठकमा प्रदेश कमिटी उपाध्यक्ष विचारी प्रसाद यादव, जिल्ला कमिटी उपाध्यक्ष मनोज कुमार गुप्ता सहित पदाधिकारी र सचिवालय कमिटी सदस्यको सहभागीता रहेको थियो । बैठकको सहजीकरण सचिव महेश दासले गर्नु भएको थियो ।
Facebook Comments Box