सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ पुस ।
वीरगंजमा रहेका लायन्स क्लबहरूले सोमवार मेल्भिन जोन्स डे मनाएका छन् । लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४६ औं जन्म दिवसको अवसरमा लायन्स क्लब अफ वीरगंजले आयोजना गरेको कार्यक्रममा पाष्ट इन्टरनेशनल डाइरेक्टर लायन संजय खेतान, डा. रमेश अग्रवाल, डि.एन. अग्रवाल, राम बिहारी पाण्डे, आर. पी. खेतानलगायतले सम्बोधन गर्नु भएको थियो ।
लायन्स क्लब अफ वीरगंजका अध्यक्ष लायन सुनिल गुप्तको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत आश्मा सिंह यादव र सहजीकरण श्याम गुप्ताले गरेका थिए ।
कार्यक्रममा विभिन्न लायन्स क्लब र लिडरहरूलाई पिन तथा अवार्डबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक्ट एक्ज्युकेटिभ चिफ लायन संदिप केडिया, लायन बासु तिमिल्सिना, लायन अनुज रूङ्गटा, डिष्ट्रिक्ट को-चिफ एडभाइजर लायन मनोहर टिबडेवाल, डिष्ट्रिक्ट चिफ लायन उमेश साह कानु, लायन विजय गुप्ता, लायन उमेश शर्मा, एरिया ट्रेजर लायन बिनित जैसवाल, रिजन चेयरपर्सन लायन विजय कुशवाहा, जोन चेयरपर्सन लायन सल्मा खातुन, लायन सन्दिप साह कानु, डिष्ट्रिक्ट कोर्डिनेटर लायन किरण अग्रवाल, लायन मिनादेवी टिबडेवाल, लायन भानुभक्त अधिकारी, लायन लक्ष्मी थापा, लायन सुशिला साह, लायन देबयन्ती साह, लायन कविता खड्का, लायन रोशन गुप्ता, लायन नरोत्तम पाण्डे लगायत लायन्स क्लबका अन्य पदाधिकारी र सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
सोही अवसरमा लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको जन्म दिवसको अवसरमा केक काटेर सप्ताह ब्यापी कार्यक्रम समापन गरिएको थियोे ।
कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ वीरगञ्जका दिलीपकुमार पण्डितले गर्नु भएको थियो ।