सहारा संवाददाता–––––––––––––––
वीरगंज, २६ पुस ।
ट्रान्सपोर्ट एशोसिएशन, पर्साका अध्यक्ष बालकृष्ण पोखरेलले असम्बन्धित विषयलाई जोडेर मलाई बदनाम गर्न खोजिएको बताउनुभएको छ ।
काठमाडौं, सानेपास्थित एक ट्रान्सपोर्टबाट प्रहरी र राजस्व अनुसन्धानको टोलीले अनुसन्धानको लागि केही कपडा नियन्त्रणमा लिएको घटनामा अध्यक्ष पोखरेलले आफनो नाम जोडिएकोप्रति आपत्ति जनाउनुभएको हो ।
अध्यक्ष पोखरेलले सानेपास्थित सुनौलो साझा ढुवानी सेवा मार्फत एक व्यापारीले वीरगंजबाट भन्सार जाँचपास गराई २२ पोका कपडा काठमाडौं ल्याएर डेलिभरी गर्ने क्रममा ११ पोका एउटा पिकअपमा लोड गरी लैजान खोज्दा जिल्ला प्रहरी कार्यालय, ललितपुरबाट खटिएको एक महिला प्रहरी नायब निरीक्षक नेतृत्व टोलीले पिकअप लैजान खोज्दा ट्रान्सपोर्टका कर्मचारीहरुले बिल्टी र बिल बमोजिम रहेको २२ पोका नैं कपडा लैजानुस भन्दा वादविवाद भएको घटनामा मसँग कुनै सरोकारै नभएको अवस्थामा मेरो नाम जोडिएर केही सञ्चारमाध्यममा आएको समाचारप्रति आश्चर्य व्यक्त गर्नुभएको छ ।
अध्यक्ष पोखरेलले ट्रान्सपोर्टका कर्मचारीहरुले प्रतिवाद गरेपछि प्रहरीले राजस्व अनुसन्धान विभागबाट बोलाएको टोलीले ट्रान्सपोर्टको गोदाममा उक्त कपडाहरु राखेर आफ्नै निगरानीमा अनुसन्धानको लागि आइतवार आउनु भनेर गएको बताउनुभयो । यसमा म कहिंकतै संलग्न नभए पनि मेरो नाम जोडेर चरित्र हत्या गरेको आरोप लगाउनुभयो ।
Facebook Comments Box