सहारा दैनिक

spot_img
Homeसमाचारबारा प्रहरीले करोड मूल्यको अवैध सामान राजस्वमा बुझायो

बारा प्रहरीले करोड मूल्यको अवैध सामान राजस्वमा बुझायो

सहारा संवाददाता––––––––––––––– वीरगंज, २६ पुस । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड ५ लाख ९५ हजार बराबरको सामान राजस्व अनुसन्धान कार्यालय पथलैया बारा बुझाएको जनाएको छ । पुस २५ गते राति ९ः५० बजे जिल्ला बारा, जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.७ जीतपुरचोकमा इलाका प्रहरी कार्यालय, जीतपुरका प्र.ना.नि. मोहनारायण रायको कमाण्डमा खटिएको प्रहरी टोलीले सप्तरी जादै गरेको ना ५ ख २६०९ नम्बरको डिब्बे ट्रकमा लोड रहेको ७३ लाख ,८४ हजार ४१७ बराबरको टायर, औषधि, पाइप, स्प्रे टैड्ढ लगायत खुद्रा सामानहरू नियन्त्रणमा लिएको छ । यसैगरी शुक्रवार बिहान प्रहरी चौकी पथलैयाबाट प्र.ब.ना.नि.रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंजबाट चितवन जादै गरेको ना ३ ख ५०३९ नम्बरको ट्रकमा लोड गरेको ३१ लाख ५१ हजार १११ रुपियाँ बराबरको टायर, मोटर पोर्टस, केमीकल पाउडर र इलेक्ट्रिकल सामान लगायत खुद्रा सामानहरू सहित ट्रक नियन्त्रणमा लिएको जिप्रका, बाराले जनाएको छ । बिहीवार बिहान महागढीमाई नगरपालिका–७ मा प्रहरी चौकी तेलकुवा बाराबाट प्र.स.नि. पुर्ण तामाङ्गको कमाण्डमा खटिएको प्रहरी टोलीले कबहीबाट वरियारपुर आउदै गरेको अटोमा भन्सार छलीका ६० हजार रुपियाँ बराबरको कस्मेटीक समान नियन्त्रणमा लिएको जिप्रका, बाराले जनाएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -