सहारा दैनिक

spot_img
Homeदेशप्रसाईं र फुयाल धरौटीमा रिहा

प्रसाईं र फुयाल धरौटीमा रिहा

काठमाडौँ, २५ पुस।रासस

झापाका दुर्गा प्रसाईं र उनका सहयोगी हरिचन्द्र फुयाल धरौटीमा रिहा भएका छन् । 

नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रसाईं र फुयाँल धरौटीमा आज रिहा भएका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले दुवै जनालाई जनही रु तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि दुवै जना धरौटी बुझाएर रिहा भएका हुन् । प्रसाईंसहित तीनजना विरुद्ध आपराधिक लाभ र सङ्गठित कसुरको मुद्दा दायर भएको थियो । 

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -