सहारा दैनिक

spot_img
Homeअपराध१० किलो गाँजासहित तीनजना भारतीय नागरिक पक्राउ

१० किलो गाँजासहित तीनजना भारतीय नागरिक पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ पुस ।
१० किलो लागू औषध गाँजासहित प्रहरीले तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
सूचनाको आधारमा बिहीवार दिउँसो १२ः३० बजे इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक सुरेशराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले प्रसौनी गाँउपालिका वडा नं. ५ प्रष्टोकाबाट बेलहिया आउँदै गरेको भारतीय नम्बरको युपी ३२ बिएक्स ४७२६ बोलेरो गाडी चेकजाँच गर्दा गाडी भित्र लुकाइएको १० किलो लागू औषध गाँजासहित ३ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन् ।
प्रहरीले बोलेरो चालक भारत, उत्तर प्रदेश, जिल्ला कोशिनगर, थाना पटेर्वा ग्राम पञ्चायत जबरा बजारको श्री दुबेअमवा बस्ने वर्ष ३८ को धर्मेन्द्र गुप्ता, बोलेरोमा सवार जिल्ला शिवान थाना नौतन ग्राम पञ्चायत सेमरा बस्ने वर्ष ४८ को चन्द्र भान कुशवाहा र जिल्ला लखनउ, नगरपालिका लखनउ भाता सरोजनीनगर एण्ड डे ए कालोनी ट्रान्सपोर्ट नगर बस्ने वर्ष ३२ को चन्द्रभान श्रीवास्तवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -