सहारा दैनिक

spot_img
Homeदेशगौरमा डोय राजाकालीन अवशेष फेला

गौरमा डोय राजाकालीन अवशेष फेला

राधेश्याम साह गौर, २२ पुस । रौतहट जिल्लाको गौर नगरपालिका–२, महादेवपट्टीमा डोय राजा कालीन अवशेषहरू फेला परेका छन् । पुरातत्व विभागले प्राचीन बानेश्वरनाथ मन्दिरको स्थानमा उत्खनन गर्दा डोयराजाकालीन अवशेषहरू भेटिएको हो ।
सोमवार पुरातत्व विभागका पुरातत्व विद् ओम कुमार श्रेष्ठ सहित तीन सदस्य टोलीले प्राचीन बानेश्वरनाथ मन्दिर क्षेत्रको अवशेष उत्खनन गरेका छन् । गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहको विशेष पहलमा बिलुप्त भइसकेका प्राचीन बानेश्वरनाथको मन्दिर पहिचान गर्न पुरातŒव विभागद्वारा सो स्थानमा उत्खनन गर्न लगाएका हुन् ।
पुरातत्व विभागले २ मिटर तलसम्म उत्खनन गरेका अवशेषहरूको बारेमा नगरप्रमुख शम्भु साहले करीब सात सय वर्ष पुरानो मन्दिरको जग भेटिएको बताएका छन् । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले यस ठाउँमा बानेश्वरनाथको शिव मन्दिर रहेको विश्वासमा पुरातŒव विभागबाट उत्खनन गर्न लगाएको बताए । यहाँ भेटिएका अवशेषको संरक्षण गर्दै यस ठाउँलाई धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गर्ने उनले जानकारी दिए । उक्त जगमा प्रयोग गरिएको ईटको आकार र डिजाइन सिम्रौनगढ मन्दिरमा प्रयोग गरिएको ईटको आकारको बस्तु रहेको सो इट २८ से.मी.लम्बाइ र १९ से.मी. चौडाइ रहेको पुष्टि भएको छ । उत्खनन कार्य २०८१ पौष ११ देखि माघ ५ गतेसम्म जारी रहने पुरातत्वविद देवेन्द्रनारायण तिवारीले जानकारी गराए । उत्खननका क्रममा भेटिएका शिलालेख तथा बुट्टालगायतका माटाको भाडा सहितका अवशेषहरू डोयराजा कालीन बेलाको हुनसक्ने पुरातत्व विद् तिवारीले बताए । उत्खननको क्रममा एउटा महत्वपूर्ण ढुङ्गा भेटिएको छ । ईटमा डोयकालीन लिपिमा चारवटा औलाको धर्काे भेटिएको उल्लेख गर्नुहुँदै उनले हालसम्मको १३ दिनको उत्खनन गर्दा ति अवशेष भेटिएको र बाँकी थप १२ दिन अझै उत्खनन कार्य बाकी नै रहेकोले अहिलेनै त्यसको अर्थ स्पष्ट हुन नसकेको जानकारी दिए । उनले अवशेष हेर्दा डोय राजाकालिनको कर्नाटक राजाको पालाको मन्दिर बनेको जानकारी गराएका छन् ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -