सहारा दैनिक

spot_img
Homeअपराधरौतहटमा अवैध घरेलु मदिरा भट्टी नष्ट

रौतहटमा अवैध घरेलु मदिरा भट्टी नष्ट

रौतहट, २० पुस ।
रौतहटको गौर नगरपालिकामा प्रहरीले अवैध घरेलु मदिरा उत्पादन गरिरहेको ३ वटा भट्टी नष्ट गरेको छ। आज बिहान ७:०० बजे प्रहरी गस्ती टोलीले गौर नगरपालिका–५ स्थित लुकाई–छिपाई सञ्चालन गरिएका भट्टीहरूमा छापा मारेर मदिरा उत्पादनका लागि प्रयोग हुने ठूलो परिमाणमा तयारी मदिरा र सामग्री बरामद गरेको हो।
छापामार कार्यमा ७०० लिटर तयारी मदिरा, २८०० लिटर कच्चा पदार्थ, ४ थान हण्डा, ८ थान डेक्ची, ३ थान स्टिलका बाल्टिन, ४ थान ग्यास सिलिण्डर, ४ थान ग्यास चुल्हो, १४० थान प्लास्टिक ग्यालिन र १० थान प्लास्टिक बाल्टिन बरामद गरिएका छन्। बरामद सामग्री घटनास्थलमै नष्ट गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले छापामार्ने क्रममा भट्टीका संचालकहरू भाग्न सफल भएका कारण उनीहरूको खोजी कार्य जारी रहेको जनाएको छ। यस घटनापछि प्रहरीले स्थानीयहरूलाई यस्ता अवैध गतिविधि विरुद्ध सहयोग गर्न आग्रह गरेको छ।
निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक उमाशंकर प्रसादका अनुसार, “अवैध मदिरा उत्पादन र यसको विक्री वितरणले समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले यस्ता कार्य रोक्न कडाइका साथ निगरानी र कारबाहीको प्रक्रिया अघि बढाइनेछ।”
समाजमा शान्ति सुव्यवस्था कायम राख्न र गैरकानुनी गतिविधिमा नियन्त्रण गर्न प्रहरीले आफ्नो सक्रियता बढाउँदै जाने जनाएको छ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -