सहारा दैनिक

spot_img
Homeदेशमधेशमेयरद्वारा आधारभूत स्वास्थ्य केन्द्रलाई ल्यापटप प्रदान

मेयरद्वारा आधारभूत स्वास्थ्य केन्द्रलाई ल्यापटप प्रदान

राधेश्याम साह रौतहट, १५ पुस । गौर नगरपालिकाका प्रमुख शम्भु साहले आधारभूत स्वास्थ्य केन्द्र र ब्रथिङ सेन्टरमा ल्यापटप प्रदान गरेका छन् । गौर नपाको वडा नं. १ देखि ९ सम्मका आधारभूत स्वास्थ्य केन्द्र र बर्थिङ सेन्टरहरूमा आइतवार ल्यापटप प्रदान गरिएको हो । स्वास्थ्य सेवा प्रणालीलाई सूचना प्रविधिसँग एकीकृत गर्दै थप आधुनिक र सर्वसुलभ बनाउने उद्देश्यका साथ ल्यापटप वितरण गरिएको नगरप्रमुख साहले बताए । उनले भने, “डिजिटल युगमा स्वास्थ्य क्षेत्रको सुधारका लागि सूचना प्रविधिको प्रयोग अपरिहार्य छ । यो कदमले नगरभित्रका स्वास्थ्य केन्द्रहरूलाई समयानुकूल बनाउन र सेवाग्राहीहरूलाई छिटो र गुणस्तरीय सेवा प्रदान गर्न मद्दत गर्नेछ।” नगर प्रमुख भने, “गौर नगरपालिकाले आगामी दिनहरूमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धीत अन्य प्रविधि–अभिनव परियोजनाहरूलाई पनि प्राथमिकता दिनेछ। वहाँले नागरिकहरूको स्वास्थ्यलाई केन्द्रमा राखेर योजना बनाएका छौं ।” यस किसिमका प्रविधिमैत्री पहलले स्थानीय तहमा डिजिटल रूपान्तरणलाई अघि बढाउने र समग्र स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -