सहारा दैनिक

spot_img
Homeसमाचारसमुचित ढंगले मल वितरण गर्नुपर्ने किसान महासंघको माग

समुचित ढंगले मल वितरण गर्नुपर्ने किसान महासंघको माग

सहारा संवाददाता––––––––––––––– वीरगंज, ११ पुस । अखिल नेपाल किसान महासंघ, पर्साले कृषि सहकारी संस्थालाई समुचित ढंगले मल वितरण गराउन सहायक प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ । महासंघका जिल्ला अध्यक्ष राजकुमार सिंहको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीसंग संवाद गर्दै पर्सा जिल्लामा दर्ता भएका कृषि सहकारी संस्थाहरूलाई समुचित ढंगले मल वितरण गर्न दबाव दिनुपर्ने माग गरेको छ । जिल्लामा नयाँ दर्ता भएका सहकारी संस्थाहरूलाई वास्ता नगरी आफूखुशी मनलाग्दो संस्थाहरूलाई मात्रै मल दिने परम्पराका कारण आफूहरू पीडित रहेकोले अब मल बितरण गर्दा नयाँ सहकारी संस्थााहरूलाई पनि सम्बोधन गर्न टोलीले आग्रह गरेको महासंघको सचिव लालकिशोर यादवले बताए । प्रजिअसँग संवादको लागि गएको टोलीमा जिल्लामा दर्ता भएको विभिन्न संस्थाका प्रतिनिधिहरूको उपस्तिथि रहेको थियो ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -