सहारा संवाददाता–––––––––––––––
वीरगंज, २२ मंसिर ।
त्रिवेणी ग्रुपको अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स प्रालिबाट उत्पादित “रानी”ब्राण्डको सरसो तेलमा मानव स्वास्थ्यकालागि हानिकारक मानिएको विभिन्न जनावरको बोसोबाट बनाइएको टेलि (Telly) तेलको अत्यधिक प्रयोग गरिएको जानकारहरुले आशंका व्यक्त गरेका छन ।
उद्योगले “कच्ची घानी सरसों तेल ग्रेड–१” लेखिएको रानी ब्राण्डको खाने तेल जमेको फेला परे पछि आएको समाचार बारे टिप्पणी गर्दै एक जानकारले मानव स्वास्थ्यको लागि अति नै हानिकारक मानिएको (त्भििथ) तेलको अत्यधिक मिसावट गरेको खण्डमा चिसोमा जम्ने हो, अन्यथा सुद्ध सरसोको तेल जति सुकै चिसोमा राखे पनि नजम्ने दावी गरेका छन ।
सो उद्योगले उत्पादन गरी बजारमा पठाएको रानी ब्राण्डको १ लिटरको तेलको प्याकेट घ्यु जस्तै जम्ने गरेको पाइएको छ ।
राष्ट्रिय सहारालाई प्राप्त अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स प्रालिबाट उत्पादित “रानी”ब्राण्डको सरसो तेलको प्याकेट जम्ने गरेको छ । चिसोमा जम्ने घाम लागे पछि पग्लिने गरेको पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागका प्राविधिकले समेत तोरी वा सरसोको तेल यदी शुद्ध हो भने कुनै पनि अवस्थामा नजम्ने भन्छन । उनले यदी तेल जमेको छ भने त्यसलाई खान योग्य मानिंदैन भनेका छन ।
जानकारका अनुसार भारतको बरेलीबाट साबुनमा प्रयोगको लागी आयात गरिने जनावरको बोसोबाट बनाइएको टेलि (Telly) तेल भा.रु. ८० प्रति लिटर ल्याएर खाने तेल भनिएको तेलमा मिसावट गर्दा जमछ अन्यथा कुनै हालतमा जम्दैन ।
खाने तेल सम्बन्धी अर्का एक प्राविधिकका अनुसार जनावरको बोसो का साथै कृत्रिम स्रोतबाट प्राप्त हुने अर्थात् खाद्य उद्योगमा उत्पादन गरिने औद्योगिक ट्रान्स फ्याट जसलाई पिएचओ भनिन्छ । स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ । यस्तो चिल्लो पदार्थ वनस्पति तेललाई तताएर, त्यसमा आंशिक मात्रामा हाइड्रोजनको अणु मिसाएर उत्पादन गरिन्छ ।
यस्तो प्रक्रियाबाट तरल अवस्थामा रहेको वनस्पति तेल कोठाको तापक्रममा बाक्लो वा ठोस पदार्थमा परिवतर्न हुन्छ । ट्रान्स फ्याट भएको तेल सामान्य ताक्रममा पनि जम्छ । उद्योगमा सस्तो तेललाई तताएर, हाइड्रोजन मिसाएर उत्पादन गरिने ट्रान्स फ्याटबाट चिल्लो पदार्थको मात्रा बढ्नुका साथै यसमा पकाएको खाने कुराले मानव शरीलाई मन्दविष जस्तै असर भई यसले रगतमा खराबी, कोलेस्ट्रोलको मात्रालाई बढाउँछ र असल कोलेस्ट्रोलको मात्रालाई घटाउँछ । धमनीहरुको भित्रि भागमा नकारात्मक असर पारी धमनीहरु साँघुरिने क्रमलाई बढाउँछ । रगतको थेग्रा जम्ने संभावनालाई बढाउँछ, जसले गर्दा हृदयघात र मस्तिष्कघात हुने संभावना धेरै हुन्छ ।
रानी ब्राण्डको यस्ता जम्ने ट्रान्स फ्याटयुक्त तेलको सेवनले धमनीहरुका लागि अत्यन्तै हानिकारक हुन सक्छ । यसले युवा अवस्थामा मधुमेह, उच्च रक्तचाप, मोटोपन, महिलाहरुमा एक प्रकारको स्तनको क्यान्सरको जोखिम बढाउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्षमा करिब ५ लाख ४० हजारको मृत्यु ट्रान्स फ्याटकै कारणले हो भनेर प्रमाणित भएको छ ।
नेपालका प्रतिष्ठित उद्योगी घराना भनिएका संघाई (त्रिवेणी ग्रुपको) मातहतको अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालिबाट यसरी मानव स्वावस्थ्य माथि प्रत्यक्ष असर पर्ने खाद्य सामग्री उत्पादन गरेर बजारमा बिक्री वितरण गर्दा पनि सम्बध निकाय मौन देखिएका छन ।
शुद्ध सरसो तेल भनेर भारत राजस्थान प्रदेशको भरतपुरबाट उत्पादित “रानी” ब्राण्डको मिल्दो जुल्दो प्याकेट र अर्को समान्य फरक प्याकेटमा “रानी” कै नाममा बोसोजस्तै जम्ने तेल उत्पादन गरी अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालि निर्विवाद विक्रि वितरण गरिरहेका छन ।
यसरी गुणस्तरहिन एवं मानव स्वास्थ्यका लागि हानिकारक तेल उत्पादन बारे अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालिका संचालक प्रभु दयाल कन्दोईले गल्तीले त्यस्तो हुन गएको स्वीकार गरेका छन ।
उनले काम गर्दै जाँदा हुने गल्तीलाई सामान्य रुपमा लिनु पर्छ हामीबाट गल्ती भएको कुरा सम्बन्धित निकायलाई थाहा छ, त्यतै गएर बुझ्नुस् भन्ने जवाफ दिएका छन । प्रभु दयाल कन्दोईको जवाफलाई मध्य नजर गर्दा राज्यको निकायलाई समेत जानकारी भएर पनि यस्ता प्राणघातक तेल उत्पादन र विक्रि वितरणमा प्रतिबन्ध नलगाउनुमा आर्थिक खेल त छैन भन्ने प्रश्न उब्जिएको छ ।
यसको सेवनले हुन सक्छ हृदयघात र मस्तिस्कघात
Facebook Comments Box