सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० मंसिर ।
पर्सा प्रहरीले दुई करोड भन्दा बढिको हार्डवेयर तथा औषधीहरु लोड रहेको ट्रकहरु नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. १५ स्थित प्रतिमा चोकबाट हार्डवेयर तथा औषधीहरु लोड रहेको दुई ट्रक नियन्त्रणमा लिएको हो ।
बुधवार राती १० बजे प्रहरी टोलीले काठमाण्डौं र विराटनगर तर्फ जांदै गरेको ना.४ ख ९८५१ र प्रदेश २–०३–००१ ख ६५५७ नम्बरको मालबाहक ट्रकहरूलाई रोकेर जांच गर्दा विल विजक भन्दा बढिका सामान रहेको आशंकामा उक्त ट्रकहरु नियन्त्रणमा लिएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ किशोर लम्सालले जानकारी दिनु भयो ।
नियन्त्रणमा लिएको ट्रकहरुमा लोड रहेको अ.मू.रू.२ करोड ९ लाख ६ हजार ८ सय ४२ बराबरको हार्डवेयर तथा औषधीहरू आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रनाउ लम्सालले जानकारी दिनु भयो ।
Facebook Comments Box