सहारा दैनिक

spot_img
Homeदेशआगलागीबाट एक करोड बढीको क्षति

आगलागीबाट एक करोड बढीको क्षति

महोत्तरी, १७ मंसिर (रासस)
विद्युत् सट भई आगलागी हुँदा यहाँको बर्दिबास नगरपालिका १४ मा एक करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिबास–जलेश्वर सडकको औरहीरोडस्थित न्यू दुर्गा इलेक्ट्रिक सप्लायर्स पसलमा गएराति आगलागी हुँदा विद्युतीय सामान जलेको थियो ।
रामसेवक महतोको तीनतले घरको भूइँतलाका १३ वटा सटरमध्ये छ वटामा राखिएका सामान आगलागीबाट जलेका छन् ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका १३ का सहाजिस नदाफले घर भाडामा लिइ विद्युतीय सामानको पसल सञ्चालन गर्दै आउनुभएको थियो ।
स्थानीय, सेना र प्रहरीका साथै रामगोपालपुर नगरपालिकासहितको चारवटा दमकल प्रयोग गरी आगो निभाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -