सहारा दैनिक

spot_img
Homeदेशमदिरा ओसार्ने स्कारपियोको ठक्करबाट सशस्त्र प्रहरीका सइको मृत्यु

मदिरा ओसार्ने स्कारपियोको ठक्करबाट सशस्त्र प्रहरीका सइको मृत्यु

सिरहा, १६ मंसिर (रासस)
सिरहामा स्कारपियोको ठक्करबाट सशस्त्र प्रहरी प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ ।
नम्बर नखुलेको स्कारपियोको ठक्करबाट नेपालद्दभारत सीमा नजिकै बडियारपट्टी १ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आज बिहान मृत्यु भएको हो । भिक्री सडकमा आज बिहान ३ बजेतिर जाँच गर्ने त्रममा स्कारपियोले ठक्कर दिँदा यादव घाइते हुनुभएको थियो ।
घाइते यादवलाई तत्काल उपचार गराउन रामकुमार उमापसाद स्मारक प्रादेशिक अस्पताल लहान लगे पनि अस्पताले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यादव वडहरी बेस क्याम्पका कार्यरत हुनुहुन्थ्यो ।
जिल्ला प्रहरी सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले नम्बर नखुलेको स्कारपियोले ठक्कर दिई भारततर्फ भागेकाले ठक्कर दिने गाडीको खोजतलास भइरहेको जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी ७ नम्बर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीलाई देखेर भाग्ने क्रममा स्करपियोले ठक्कर दिएर भागेको भन्ने सूचना प्राप्त भएको जनाउनुभयो । उहाँले अहिलेसम्म स्कारपियोले मदिरा बोकेको भन्ने सूचना आए पनि स्कारपियो फेला नपरेकाले यसै भन्न नसकिने जनाउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -