सहारा दैनिक

spot_img
Homeदेशअवैध सुन सहित आरोही ज्वेलर्सका संचालक पक्राउ

अवैध सुन सहित आरोही ज्वेलर्सका संचालक पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ मंसिर ।
अवैध सुन सहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. ८ लिंक रोड स्थित सानिमा बैंकको अगाडी सडकखण्डबाट सुन सहित एक जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले शंकास्पद रुपमा ना.६२ प २७०५ नम्बरको मोटरसाईकलमा सवार भइ आउदै गरेको वीमनपा वडा नं.१५ भेडियाही बस्ने राजेश्वर प्रसाद सोनारको २८ वर्षीय छोरा जय प्रकाश कुमार सोनारको शरीर खानतलासी लिदा निजले लगाएको कालो जिन्स पाइन्टको दाहिनेपट्टीको खल्तीमा कागजमा बेरिएको सुन जस्तो देखिने पहेलो धातु १०७ ग्राम ८९ मिली ग्राम फेला परेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ किशोर लम्सालले जानकारी दिनु भयो ।
फेला परेको पहेलो धातु परीक्षणको लागि पर्सा सुन चाँदी व्यवसायी संघलाई पठाइएकोमा उक्त संघले पहेलो ढिक्का १०७ ग्राम ८९ मि.ग्राम सुन रहेको पुष्टि गर्नुको साथै सुनको आजको बजार मूल्य रू.१३ लाख ८८ हजार ४ सय ३६ बराबरको रहेको परीक्षण प्रतिवेदन प्राप्त भएको प्रनाउ लम्सालले जानकारी दिनु भयो ।
बरामद सुनको आवश्यक पर्ने खरिद विक्रीको कागजातहरू साथमा नरहेकोले सुन र सुन बोक्न प्रयोग भएको मो.सा.को रू.१ लाख मुल्यांकन गरी पक्राउ परेका सोनारलाई थप अनुसन्धान तथा कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जनाएको छ । पक्राउ परेका सोनारको वीमनपा वडा नं. ६ स्थित मिनाबजार गल्लीमा आरोही ज्वेलर्स नामको पसल रहेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -