सहारा दैनिक

spot_img
Homeदेशजनमतका केन्द्रीय सदस्य र जिल्ला सचिव सहितका नेताहरू जसपामा प्रवेश

जनमतका केन्द्रीय सदस्य र जिल्ला सचिव सहितका नेताहरू जसपामा प्रवेश

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० मंसिर ।
जनमत पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताहरु जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।
आइतबार वीरगंजमा आयोजित विशेष कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य एवं पर्सा जिल्ला सह–इन्चार्ज मुकेश द्विवेदी र जिल्ला सचिव शशी पाण्डे सहितका नेताहरूले जसपामा प्रवेश गरेका हुन् ।
उनीहरूलाई जसपाका उप महासचिव समेत रहेका नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले पार्टीमा स्वागत गर्नु भयो ।
केन्द्रीय नेताहरु संगै वीरगंज महानगर कमिटीका सचिव पवन साह कानु, जिल्ला सदस्य शशी भूषण शर्मा, छिपहरमाई गाउपालिकाका पर्यवेक्षक राजु तिवारी र वीरगंज महानगरपालिका वडा नं. १ का एकाइ सभापति चन्दन साह कानु समेत जनमत पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका छन ।
कार्यक्रममा मन्त्री यादवले पार्टीको विचार र उद्देश्यलाई आत्मसात् गर्दै जसपा प्रवेश गरेकाहरूको सहभागिताले संगठन थप सुदृढ र प्रभावकारी बनेको बताउदै उहाहरूको अनुभव र प्रतिबद्धता पार्टीका सिद्धान्तलाई जनतासम्म पुर्‍याउन महत्वपूर्ण हुनेछ विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नवप्रवेशी नेताहरूको आगमनले पार्टीलाई थप बलियो बनाएको बताउदै जनताको समस्यालाई सम्बोधन गर्न र विकासको कार्यसूचीलाई तीव्र बनाउन तपाईहरूको अनुभव र सक्रियता उपयोगी हुने बताउनु भयो ।
कार्यक्रममा जसपाका केन्द्रीय सदस्य मोहनलाल चौधरीले जसपाको संगठनात्मक विस्तारमा उहाहरूको योगदानले सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -