सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ मंसिर ।
काठमाण्डौं महानगरपालिकाले १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान अन्तर्गतका कुनै पनि कार्यक्रम तथा गतिविधिहरू नगर्ने जनाएको छ ।
काठमाण्डौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा जारी प्रेस विज्ञप्तीमा लैंगिक हिंसा विरुद्धका कार्यक्रममा राज्यका सम्बद्ध निकाय र पदाधिकारीहरूबाट अपेक्षित सहयोग हुन नसकेको पृष्ठभूमिमा देखावटी रूपले कृत्रिमता प्रदान गर्ने गरी मात्र अभियानका नाममा कार्यक्रम सञ्चालन गर्नु नाटकीय हुने र नैतिकताका आधारमा समेत जायज मान्न नसक्ने भएकाले कुनै पनि कार्यक्रम तथा गतिविधिहरू नगर्ने जनाएको हो ।
प्रवक्ता मानन्धरद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई लैंगिक हिंसा विरुद्धको अभियानका रूपमा मनाउने प्रचलन रही आएको छ ।
महानगरपालिकाले वषैभरि लैंगिक हिंसा विरुद्धमा कार्य गर्ने गरी आवश्यक नीति, कानुन, कार्यक्रम र बजेट तर्जुमा गरी सञ्चालन गर्दै आइरहेको छ ।
महानगरपालिका क्षेत्रभित्र जोखिममा परेका, विशेष संरक्षणको आवश्यकता भएका र घरेलु बाल श्रमिकका रूपमा श्रम शोषण तथा यौन शोषणमा परेका बालबालिका समेतको उद्धार, अस्थायी संरक्षण, स्वास्थ्य उपचार, कानुनी उपचार, शैक्षिक सुविधा जस्ता न्यायोचित र संविधान प्रदत्त मौलिक हकको प्रचलन गराउन “बालापनको रक्षा, भविष्यको सुरक्षा” कार्यक्रम मार्फत अभियानकै रूपमा काठमाडौं महानगरपालिकाले सञ्चालन गरेका लैंगिक हिंसा विरुद्धका कार्यक्रममा राज्यका अन्य सम्बद्ध निकाय र पदाधिकारीहरूबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको पृष्ठभूमिमा देखावटी रूपले कृत्रिमता प्रदान गर्ने गरी १६ दिनलाई मात्र लैंगिक हिंसा विरुद्धको अभियानका नाममा कार्यक्रम सञ्चालन गर्नु नाटकीय हुने र नैतिकताका आधारमा समेत जायज मान्न नसक्ने भएकाले यस वर्षको उक्त अभियान अन्तर्गतका कुनै फनि कार्यक्रम तथा गतिविधिहरू सञ्चालन नगरिने तर लैंगिक हिंसा विरुद्धका वार्षिक कार्यत्रमहरू भने निरन्तर सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ ।
कृत्रिमता प्रदान गर्न मात्र लैंगिक हिंसा विरुद्धको कार्यत्रम गर्नु नाटकीय हुने–काठमाण्डौं–महानगरपालिका
Facebook Comments Box