सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ मंसिर ।
नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पुर्याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र एसईई परीक्षामा यस वर्ष पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले सम्मान गरेको छ ।
महानगरपालिकाले एक कार्यक्रम विच आइतवार नेपाली क्रिकेट टोलीकी खेलाडी वीरगंजकी प्रविणलाई नगद रु. ५१ हजार सहित र रिया साहलाई उनको उच्च शिक्षा अध्ययनमा थप हौसला प्रदान गर्न ल्यापटप सहित सम्मान गरेको हो ।
नेपालकी ओपनर व्याट्सम्यान प्रविणले भर्खरै सम्पन्न यू–१९ टी–२० महिला एसिया क्वालिफायरमा थाइल्याण्ड वीरुद्धको खेलमा अर्धसतक प्रहार गर्दै नेपालको कीर्तिमानी साझेदारी गरेकी थिइन् ।
त्यसै गरी २०८० सालको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा पर्सा जिल्लामै सर्वोत्कृष्ट अंक ३.९७ जीपीए ल्याएर रिया साह उत्तीर्ण भएकी हुन् ।
दुबै जनालाई महानगरपालिकाका मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमले संयुक्त रुपमा नगद र ल्यापटप हस्तान्तरण गर्नु झयो ।
कार्यक्रममा मेयर सिंहले त्रिकेटको माध्यमबाट वीरगंज र नेपालको नाम विश्वमै चिनाउन सफल भएको भन्दै साना प्रविण र परीक्षामा पर्सा जिल्लामै प्रथम भएर शिक्षामा छोरीहरु पनि अघि छन् भनेर अनुकरणीय उदाहरण बनेकी रिया साहलाई बधाई दिंदै छोरीहरुको आत्मबल बढाउन महानगरले कुनै कसर बांकी नराख्ने बताउनु भयो ।
छोरीहरुले पनि केही गर्न सक्छन् है भन्ने उदाहरणको पात्रको रुपमा दुबै जना बनेको भन्दै आउदा दिनमा अझै मेहनत गरेर वीरगंजको नाम रोशन गर्ने काममा लाग्न मेयर सिंहले आग्रह गर्नुभयो ।
उप मेयर इम्तियाज आलमले वीरगंजलाई चिनाउन आफ्नो क्षेत्रबाट कम्मर कसेर लागेकाहरुको प्रोत्साहनमा महानगर संधै साथमा रहेको बताउनु भयो ।
वीरगंज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले सबैको सकारात्मक पहलबाटै समाज परिवर्तन हुने हुंदा छोरीहरुलाई पढ्न र खेल्न घरैबाट उत्साह दिनु पर्नेमा जोड दिंदै साना र रियाको अभिभावक त्यसको ज्वलन्त उदाहरण रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंह सहित वीरगंज महानगरपालिकाका कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
क्रिकेटर साना प्रविण र एसईईमा सर्वोत्कृष्ट रिया साह सम्मानित
Facebook Comments Box