सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०६ मंसिर ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको पहलमा पर्सा जिल्ला पोखरीया नगरपालिका स्थित पोखरीया अस्पताल प्रादेशिक अस्पताल घोषणा भएको छ ।
मन्त्री गुप्ताको पहलमा मन्त्री परिषदको बैठकले पोखरीया अस्पताललाई प्रादेशिक अस्पताल घोषणा भएको बताइएको छ ।
पोखरिया नगरपालिका लगायत अन्य जोडिएका गाउबासीको पक्षमा ऐतिहासिक निर्णय गराउन सफल भएकोमा मन्त्री गुप्ताले खुसी व्यक्त गर्दै वर्षौं देखिको प्रयासले जनताको मांग बमोजिम प्रादेशिक अस्पताल घोषणा भएको बताउनु भयो ।
मन्त्रिपरिषद्को बैठकले १५ शय्याको पोखरिया अस्पताललाई ५० शय्यामा स्तरउन्नती गर्दै प्रादेशिक अस्पताल घोषणा गर्ने निर्णय गरेको हो ।
स्तरउन्नतीको निर्णयले पोखरिया अस्पतालले पोखरिया नगरपालिकाका लागि मात्र नभएर , मधेस प्रदेशकै स्वास्थ्य सेवामा नयाँ आयाम थप्दै प्रादेशिक अस्पतालको रूपमा अझ विस्तारित सेवा दिन सक्षम हुनेछ विश्वास रहेको मन्त्री गुप्ताले बताउनु भयो ।
उहाले यो महत्वपूर्ण निर्णय कार्यान्वयन गर्न अहोरात्र लाग्नु भएका पोखरिया नगरवासी, स्थानीय अगुवा, सामाजिक अभियन्ता तथा राजनीतिक दलका साथीहरूप्रति विशेष आभार प्रकट गर्नु भएको छ ।
Facebook Comments Box