सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०४ मंसिर ।
बारा प्रहरीले नियन्त्रणमा लिएको १ करोड ५१ लाख भन्दा बढिको समान राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतका प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीहरूले बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू.१ करोड ५१ लाख ६ हजार ९ सय ४९ बराबरको विभिन्न समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको हो ।
प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले मंगलवार जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितबाट काठमाण्डौ तर्फ जादै गरेको ना ५ ख ७९२८ नं. को डब्बा ट्रकमा लोड गरेको अं.मुल्य रू. ६१ लाख ३ हजार ४ सय ५० बराबरको बिभिन्न खुद्रा समानहरूको आवश्यक कागजपत्र नभएको अवस्थामा नियन्त्रणमा लिइएको जिप्रका बाराले जनाएको छ ।
प्रहरी चौकी पथलैया कै टोलीले वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ३ ख ७२४४ नं.को ट्रकमा लोड गरेको अं.मुल्य रू. ४१ लाख ८५ हजार ५ सय १४ बराबरको (न्ब्क् अगततभच, ाबिलनभ, कउबचझक ायच टण् अगरजच।, अबकत ष्चयल दगततभचाथि खबखिभ) लगायत बिभिन्न खुद्रा समानहरू बिल बिजक भन्दा बढी समानको स्रोत खुलाउन नसकेका र वीरगंजबाट सुर्खेत तर्फ जादै गरेको ना ६ ख ७२२४ नं.को यात्रु बाहक बसमा लोड गरेको अं.मुल्य रू. १ लाख ४४ हजार ४ सय ८५ बराबरको खुर्सानी–१९ बोरा, मरिच पाउडर–३ कार्टुन, मिट मसाला–२ कार्टुन, काजु प्याकेट–३ कार्टुन बिल बिजक भन्दा बढी समानको स्रोत खुलाउन नसकेकाले नियन्त्रणमा लिएको जनाइएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंज चोक स्थितबाट हेटौडा तर्फ जादै गरेको मे १ ख ३२८८ नम्बरको बसमा लोड गरेको चिनी १४० किलो, मटर ५० किलो र प्याज ३५ किलो अं.मुल्य रू.२२ हजार ५ सय बराबरको बिल भरपाई नभएर नियन्त्रणमा लिएको जनाइएको छ ।
ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको टोलीले बारागढी गा.पा. वडा नं.६ सिहासनी चोक स्थितबाट भन्सार छली गरी ल्याउदै गरेको चिनी ६ बोरा, अचार ४ कार्टुनको अं.मुल्य रू.२५ हजार बराबरको बिल भरपाई नभएर नियन्त्रणमा लिएको जिप्रका बाराका प्रवक्त प्रनाउ प्रकाश सापकोटाले जानकारी दिनु भयो ।
त्यस्तै प्रहरी चौकी बरियारपुरबाट खटिएको टोलीले महागढीमाई न.पा.वडा नं.२ मैनी चोकबाट भन्सार छली गरी द्यच् ण्छ ब्ऋ द्दछडघ नम्बरको मो.सा.मा लोड गरी ल्याउदै गरेको मिठा ८ बोरा अं.मुल्य रू.३६ हजार बराबरको बिल भरपाई नभएको
अवस्थामा नियन्त्रणमा लिएको प्रनाउ सापकोटाले जानकारी दिनु भयो ।