सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०१ मंसिर ।
खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा वीरगंज स्थित नारायणी क्रिकेट मैदानमा डिप बोरिङ जडान भएको छ ।
पानीको व्यवस्थापन नहुंदा खेलाडीहरूलाई नियमित अभ्यास र प्रतियोगिता सञ्चालनमा समस्या हुंदै आएकोमा यो परियोजनाले दीर्घकालीन समाधान प्रदान गर्ने विश्वास लिइएको छ ।
नारायणी क्रिकेट मैदानमा पानीको अभावले खेलाडीहरूलाई पीउने पानी, मैदान सिंचाइ र अन्य व्यवस्थापनमा गम्भीर कठिनाइ झेल्न बाध्य बनाएको थियो । अब डिप बोरिङको जडानले मैदानमा आवश्यक पानीको आपूर्ति सुनिश्चित गरेको छ ।
डिप बोरिङ जडान पश्चात् मन्त्री यादवले खेलकुद विकास र स्थानीय युवाको प्रोत्साहन आफ्नो प्राथमिकता भएको बताउनु भयो । नारायणी क्रिकेट मैदानमा डिप बोरिङको जडानले खेलाडीहरूको समस्या समाधान गर्न सहयोग पुगेको छ । अब खेलाडीहरूले खेलमा मात्र ध्यान केन्द्रित गर्न सक्नेछन् । भविष्यमा थप पूर्वाधार विकास गर्दै मैदानको व्यवस्थापनलाई अझै प्रभावकारी बनाइने मन्त्री यादवले भन्नुभयो ।
मन्त्री यादवले मैदानमा पानी वितरणका लागि थप पाइपलाइन र भण्डारण संरचना निर्माण जस्ता आवश्यक कामहरू अघि बढाइने जानकारी पनि दिनुभएको छ ।
पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले डिप बोरिङ जडानले मैदानको पानी समस्या दीर्घकालीन रूपमा समाधान गरिदिएको छ । यसले खेलाडीहरूको अभ्यासलाई सहज बनाउनुका साथै आगामी प्रतियोगिता सञ्चालनलाई सरल बनाउनु भयो ।
डिप बोरिङ जडानको यस कदमले नारायणी क्रिकेट मैदानमा हुने खेल गतिविधिहरूलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
खानेपानी मन्त्री प्रदीप यादवले खेलकुद र स्थानीय पूर्वाधार विकासमा यस्तै सकारात्मक पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
Facebook Comments Box