सहारा दैनिक

spot_img
Homeसमाचारसभ्य र भब्य रूपमा महाबीरी झण्डा सम्पन्न

सभ्य र भब्य रूपमा महाबीरी झण्डा सम्पन्न

राधेश्याम साह–––––––––––––––
गौर, ३० कार्तिक ।
रौतहट जिल्ला सदरमुकाम गौरमा कार्तिक पुर्णिामाको अवसरमा आयोजित महावीरी झंडा हर्षोल्लासका साथै शांतिपूर्ण रुपले सम्पन्न भएको छ ।
गौर स्थित विपि चौकमा शुक्रवार गौर बासीले महावीरी झंडाको भव्य एवं सभ्य रुपले जुलूस निकालेर हर्षोल्लासका साथै शांतिपूर्ण रुपले मनाएका छन ।
देवी अधिकारीको अध्यक्षतामा आयोजित महावीरी झंडाको लंबाई १३५ फीट रहेको र सबै खण्डमा विभिन्न देवी देवताको प्रतिमाले सजाइएको झण्डा आकर्षणको केन्द्र बनेको थियो ।
गौरको विभिन्न वडा बाट निकालिएको झण्डामा बाजागाजा सहित लाठीको खेल देखाउदै महावीरी झण्डा एकिकृत गरिएको थियो ।
गाउ–गाउबाट आएको खेलाडिहरुले परंपरागत लाठी, हथियारले खेल देखाउदै शान्तिपुर्ण रुपले नगर परिक्रमा गरिएका छन । महावीरी झण्डा जुलूस शांतिपूर्ण सम्पन्न गर्न रौतहट प्रहरीले कडा सुरक्षा व्यवस्था मिलाएका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -