सहारा दैनिक

spot_img
Homeदेशएकसाथ १२ हजार ९ सय ७४ छात्राले लिए आत्मारक्षा तालिम

एकसाथ १२ हजार ९ सय ७४ छात्राले लिए आत्मारक्षा तालिम

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २८ कार्तिक ।
वीरगंज महानगरपालिकाले नगरक्षेत्रका निजी र सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका १२ हजार ९ सय ७४ जना छात्राहरुलाई आत्मारक्षाका लागि प्रशिक्षण दिएको छ ।
वीरगंज आदर्शनगर स्थित रंगशालामा बुधवार भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डा. चिता यजनेश शेट्टिले छात्राहरुलाई प्रशिक्षण दिएको हो ।
वीरगंज महानगरपालिकाद्वारा नेपाल–भारत सहयोग मञ्चको समन्वयमा आयोजित तालिमको एक कार्यक्रमका बिच खानेपानी मन्त्रि प्रदिप यादवले उद्घाटन गर्नु भएको थियो ।
सो अवसरमा मन्त्री यादवले सरकारले महिला सशक्तिकरणका लागि दिर्घकालिन रुपमा ठोस कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
उहाले वीरगंज महानगरपालिकाले एकसाथ नगरक्षेत्रका १२ हजार ९ सय ७४ छात्राहरुलाई तालिम दिएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न लागेकोमा खुशी व्यक्त गर्दै तालिमले छात्राहरुलाई आत्माविश्वास बढाउने विश्वास व्यक्त गर्नु भयो ।
नेपालमा भारतका ख्यातिप्राप्त प्रशिक्षक आएर निशुल्क रुपमा तालिम दिदा दुई देश बिचको सम्बन्ध थप मजबुत बन्ने दाबी गर्दै सरकारले महिलालाई सशक्तिकरण गरी सक्षम बनाउने निती लिएको पनि बताउनुभयो ।


खानेपानी मन्त्रि यादवले मधेसमा महिला हिंसाका घटना बढिरहेको बेला यो तालिमले अब महिला हिंसा सहन सक्दैनन् र प्रतिकार गर्न सक्षम छन् भन्ने सन्देश समेत दिने बताउनु भयो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले छात्राहरुलाई दिएको तालिम शुरुवात मात्रै भएको बताउदै अव वीरगंजका सामुदायिक तथा निजी बिद्यालयमा प्रत्येक हप्ताको शुक्रबार आत्मारक्षाको लागि मार्शल आर्टस् सम्बन्धि तालिम दिईने जानकारी दिनु भयो ।
मेयर सिंहले वीरगंज महानगरपालिकामा तालिम लिनका लागि १५ हजार १ सय छात्राहरुले नाम दर्ता गराएको भए पनि १२ हजार ९ सय ७४ जनाको फारम गिनीज बुक अफ वर्ल्ड रेकर्डमा पुगिसकेको बताउनु भयो ।
यसअघि भारतको आग्रा स्थित एक स्थानिय तहले एकसाथ ७ हजार ४ सय १ जना छात्राहरुलाई आत्मारक्षाको तालिम दिएर वर्ल्ड रेकर्ड बनाएको थियो ।
मेयर सिंहले आफूले निर्वाचनको बेला वीरगंजका महिलाहरुलाई मध्यरातमा पनि निर्धक्क हिड्नसक्ने वातावरण बनाउने प्रतिबद्धता अनुसार महिला र किशोरीहरुको मनोबल बढाउनका लागि आत्मरक्षाको तालिम शुरुवात गरेको बताउनुभयो ।
तालिमका मुख्य प्रशिक्षक डा. यजनेश चित्ता सेट्टीले महिला तथा किशोरीहरुलाई दिईने यो प्रशिक्षण भगवानलाई पूजा गरेको भन्दा धेरै आशिर्वाद पाए जस्तो हुने बताउनुभयो ।
उहाले आत्मरक्षा गर्ने कलाले एउटा शक्तिशाली उर्जा प्राप्त हुने र यसले जिवन संकटमा परेको बेला महत्वपुर्ण सहयोग पुग्ने बताउनुभयो ।
मेयर सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभु हजरा, वीना जसवाल, प्रदेश सांसद वीणा शर्मा, पूर्व प्रदेश सांसद जन्नत अन्सारी पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक कुमोध ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, भारतीय महाबाणिज्यदुत देबी सहाय विणा लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -