सहारा दैनिक

spot_img
Homeदेशकिशोरीलाई आत्मारक्षा तालिमको तयारी पुरा

किशोरीलाई आत्मारक्षा तालिमको तयारी पुरा

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ कार्तिक ।
वीरगंज महानगरपालिकाको आयोजनामा १० हजार भन्दाबढी किशोरीहरुलाई दिइने आत्मारक्षा तालिमको तयारी पुरा भएको छ ।
बुधबार बिहान १० बजेबाट शुरु हुने प्रशिक्षण कार्यक्रममा वीरगंजका सामुदायीक र निजी विद्यालय, कलेज गरी १० हजार बढी छात्राहरुको सहभागिता रहने तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वीरगंज महानगरका मेयर राजेशमान सिंहले बताउनु भयो ।
उहाले महानगर भित्रका कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई तालिम दिन लागिएको बताउदै एकसाथ १० हजार भन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर वर्ल्ड रेकर्ड सहित गिनिज बुकमा महानगरको नाम लेखाउने तयारी समेत भएको बताउनु भयो ।
यो तालिम सफल रुपमा सम्पन्न भए वीरगंजको नाम अन्तर्राष्ट्रिय रुपमा चर्चित हुने भएको हुंदा आम नगरबासीलाई कार्यक्रम सफल पार्न उहाले पत्रकार सम्मेलन मार्फत आग्रह गर्नु भयो ।
वीरगंज महानगरपालिकाद्वारा नेपाल–भारत सहयोग मञ्चको समन्वयमा आयोजना हुने तालिममा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डा. चिता यजनेश शेट्टिलाई बोलाएर सहभागिहरुलाई प्रशिक्षण दिन लागिएको पत्रकार सम्मेलनमा उपमेयर इम्तियाज आलमले जानकारी दिनुभयो ।
आदर्शनगर रंगशालामा हुने प्रशिक्षणको सम्पूर्ण तयारी भइसकेको र छात्राहरुलाई ल्याउने लैजाने व्यवस्था सहित सुरक्षाको व्यवस्था मिलाइसकिएको महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिनुभयो ।
भारतबाट आउनुभएका प्रशिक्षक शेट्टी अभिनेता, निर्देशक, निर्माता, मार्शल आर्टिस्ट र फिटनेस प्रशिक्षक समेत हुनुहुन्छ । उहाले अमिताभ बच्चन, सलमान खान, अजय देवगन, गोविन्दा, फरहान अख्तर, ऋतिक रोशन, रेखा, करिश्मा कपुर, रवीना टंडन, माधुरी दीक्षित, रोजर मूर, ज्याकी च्यान जस्ता धेरै बलिउड र हलिउड स्टारहरूलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिनुभएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
ख्यातिप्राप्त प्रशिक्षकद्वारा दिइने तालिमले छात्राहरु आत्मरक्षाका लागि सक्षम हुने नेपाल–भारत सहयोग मंचका अध्यक्ष अशोक वैद्यले विश्वास व्यक्त गर्नुभयो ।
महानगरले प्रशिक्षणलाई व्यवस्थित बनाउन महिला स्वयंसेवीहरु खटाइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -