सहारा संवाददाता–––––––––––––––
मलंगवा, २५ कार्तिक ।
मोबाईल चार्ज गर्ने त्रममा करेन्ट लागेर शनिवार राती एक जनाको मृत्यु भएको छ ।
सर्लाही जिल्ला गौडेता न.पा. वडा नं. ५ रामवन बस्ने श्याम बाबु ठाकुरको १७ वर्षीय छोरा अमलेख ठाकुरको करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै घरको तल्लो तल्लाको सुत्ने कोठामा मोबाईल चार्ज गर्ने क्रममा एक्कासी करेन्ट लागेर बेहोस भएका ठाकुरलाई तत्काल उपचारको लागि मंलगवा स्थित प्रादेशिक अस्पतालमा पुर्याउदा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box