सहारा दैनिक

spot_img
Homeदेशखबरदारी अभियान चलाउने तयारीमा छौं–प्रचण्ड

खबरदारी अभियान चलाउने तयारीमा छौं–प्रचण्ड

हेटौँडा, २५ कात्तिक (रासस)
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले माओवादी केन्द्रले सबै स्थानीय तहबाट खबरदारी अभियान चलाउने तयारी गरिरहेको बताउनुभएको छ ।
प्रेस सेन्टर मकवानपुरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा देशव्यापी अभियान सञ्चालन गरी जनतासमक्ष पुग्ने बताउनुभएको हो ।
माओवादी केन्द्र सरकार बाहिर रहँदा अहिले जनतामाझ पुग्न सहज भएको उल्लेख गर्दै उहाँले केही कमजोरी सुधार गरेर परिवर्तनका फक्षमा सशक्त ढङ्गबाट अघि बढ्ने धारणा व्यत्त गर्नुभयो ।
अध्यक्ष दाहालले देशमा व्याप्त भ्रष्टाचार अन्त्यका लागि विद्यमान निर्वाचन प्रणाली र शासकीय स्वरूप नै परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भ्रष्टाचारको मूल कारण भनेको ठूलो धनराशि खर्च गरेर चुनाव जित्नु हो भन्दै त्यसको अन्त्यका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा आफूहरुले उठाएको स्पष्ट गर्नुभयो ।
अध्यक्ष दाहालले शासकीय स्वरूपमा परिवर्तन नआउञ्जेल नेपालमा स्थिरता कायम नहुने जिकिर गर्नुभयो । सहकारी ठगीको प्रशङ्गमा जवाफ दिँदै उहाँले आग्रह नराखी निष्पक्ष रुपमा अनुसन्धान प्रक्रिया अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै नेकपा माओवादीले अब सबै पालिकाबाट खबरदारी अभियान चलाएर आफ्नो भनाइ राख्ने तयार गरिरहेको बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -