सहारा दैनिक

spot_img
Homeदेशलागू औषध गाँजा सहित दुई जना पक्राउ

लागू औषध गाँजा सहित दुई जना पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ कार्तिक ।
बारा प्रहरीले लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।
विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले एक घरमा छापामारी गरी लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका वडा नं.४ गंगानगर निवासी हिरा महतोको गाई गोठ भित्र लुकाई छिपाई प्याकिङ गर्दै गरेको अवस्थामा ५ पोकामा रहेको ३४ किलो लागू औषध गाँजा वरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
गाँजा संगै प्रहरीले सिम्रौनगढ नगरपालिका वडा नं.४ गंगानगर बस्ने अं.वर्ष २५ को दिपेन्द्र भन्ने जितेन्द्र कुशवाहा र अं.वर्ष ३५ को सरोज प्रसाद यादवलाई पक्राउ गरी आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिप्रका बाराका प्रवक्ता प्रनाउ प्रकाश सापकोटाले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -