सहारा दैनिक

spot_img
Homeअपराधजग्गा विवादमा यादवको हत्या, श्रीमती संगको प्रेम सम्बन्धका कारण सोनारको हत्या

जग्गा विवादमा यादवको हत्या, श्रीमती संगको प्रेम सम्बन्धका कारण सोनारको हत्या

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १६ कार्तिक ।
खुकुरी प्रहार गरी हत्या गर्ने थारुलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ भने विरेन्द्र साह सोनारको हत्या निजकै श्रीमती संग प्रेम सम्बन्ध कै कारण भएको पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले महागढीमाई नगरपालिका वडा नं.१ सेमरा तेगछिया निवासी भुमि सुधार भन्ने श्री नारायण प्रसाद यादवको हत्या आरोपमा पक्राउ परेका सोथाई खां थारू र सोनारको हत्या आरोपमा पक्राउ परेका बिजय कुमार साहलाई सार्वजनिक गरेको हो ।
महागढिमाई नपा वडा नं. १ स्थित सिमरा तेगछिया सडक खण्डमा कार्तिक १० गते सांझ साढे ७ बजेको समयमा पसलबाट घर जाने क्रममा थारुले धारिलो हतियारले टाउको पछाडी गर्दनमा प्रहार गरी यादवको हत्या गरेको जिप्रका बाराका प्रवक्ता प्रनाउ प्रकाश सापकोटाले जानकारी दिनु भयो ।
घट्ना पश्चात जिल्ला प्रहरी कार्यालयबाट तत्काल घटना स्थलमा पुगेका प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी सिमरा तेगछिया बस्ने अं.वर्ष ६४ को सोथाई चौधरी भन्ने सोथाई खां थारूलाई पक्राउ गरी अनुसन्धान गर्दा भोग चलन गर्दै आएको जग्गा सम्बन्धी पुरानो रिसिवि तथा बिवादको कारणले यादवको हत्या गरेको खुल्न आएको प्रनाउ सापकोटाले बताउनु भयो ।
यादवको हत्यामा प्रयोग भएको २.५ ईन्च चौडाई, १ फिट ७ ईन्च लम्बाई भएको फलामको खुकुरी कार्तिक १५ गते निज थारुको घर पछाडी झाडीमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरी ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भई रहेको जिप्रका बाराले जनाएको छ ।
त्यस्तै वीरगंज महानगरपालिका वडा नं.३ छप्कैया टोल बस्ने अं.वर्ष २६ को बिरेन्द्र साह सोनारको हत्या निज कै श्रीमती संग प्रेम सम्बन्धको कारण विबाद हुंदा साथी बिजय कुमार साहले हत्या गरेको प्र.ना.उ. सापकोटाले जानकारी दिनु भयो ।
पर्सा जिल्ला साविक गा.वि.स.बिश्रामपुर वडा नं.७ हाल बहुदरामाई न.पा.वडा नं.९ बस्ने अं.वर्ष २८ को बिजय कुमार साहलाई कार्तिक ७ गते कलैया उ.म.न.पा.वडा नं.१० मटिअर्वा स्थित दशगंजाबाट पक्राउ गरी अनुसन्धान गर्दा हत्याको कारण खुलेको प्रहरीले जनाएको छ ।


पक्राउ परेका साहले सोनारको श्रीमती संग प्रेम सम्बन्धका कारण विवाद हुंदा असोज २७ गते राती साढे ९ बजेको समयमा गमछाले पछाडीबाट घांटीमा कसी हत्या गरेर बारा जिल्ला प्रसौनी गाउपालिका वडा नं.१ त्रिवेणी स्थित गण्डक नहरमा फालेको भनि स्वीकार गरेको प्रनाउ सापकोटाले जानकारी दिनु भयो ।
कार्तिक १ गते बिहान अं. ९ः३० बजेको समयमा बारा जिल्ला प्रसौनी गाउपालिका वडा नं.१ त्रिवेणी स्थित गण्डक नहरमा मृत अवस्था सोनारको शव फेला परेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -