सहारा दैनिक

spot_img
Homeदेशमधेसमा पानीको संकट अन्त्य गर्न ४२ अर्बको परियोजना अगाडि बढेको छ–मन्त्री यादव

मधेसमा पानीको संकट अन्त्य गर्न ४२ अर्बको परियोजना अगाडि बढेको छ–मन्त्री यादव

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० कार्तिक ।
खानेपानी मन्त्री प्रदिप यादवले तराई–मधेसका खानेपानीको समस्यालाई अल्पकालीन र दीर्घकालीन रूपमा समाधान गर्न सरकारले ठोस कदम चालेको जानकारी दिनुभएको छ ।
वीरगंजमा नेपाल पोस्ट मिडिया प्रालिद्वारा सञ्चालित रेडियो सीमाञ्चल ९५.१ मेगाहर्जको उद्घाटन गर्दै मन्त्री यादवले यस्तो जानकारी दिनु भएको हो ।
उहाले रेडियो सीमाञ्चल सीमावर्ती क्षेत्रका जनताको आवाजलाई राष्ट्रिय स्तरमा पुर्‍याउने महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त पनि गर्नु भयो ।
सो अवसरमा मन्त्री यादवले मधेस प्रदेशका २८० वटा ओभर हेड ट्यांकहरू सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको बताउदै आवश्यक बजेटको इस्टीमेट तयार भइसकेको छ, र ३ अर्ब रुपैया लागत अनुमान गरिएको छ । अर्थमन्त्री विष्णु पौडेल अमेरिकाबाट फर्किएपछि प्रक्रिया अघि बढाउने बताउनु भयो ।
उहाले मधेसका ६ जिल्ला—पर्सादेखि धनुषासम्म—खानेपानी आपूर्ति गर्न सुनकोसी–मरिन डाइभर्सन परियोजना अघि बढाइएको बताउनुभयो । यस महत्वाकांक्षी आयोजनाका लागि करिब ४२ अर्ब रुपैयाको बजेट विनियोजन गरी स्थानीय, प्रदेश र संघ सरकार तथा विदेशी दातृ निकायहरूको सहयोगमा काम अघि बढाइने जानकारी दिनुभयो । यो आयोजना पूरा भएपछि मधेसमा खानेपानीको समस्या दीर्घकाल सम्मका लागि समाधान हुने मन्त्री यादवले बताउनु भयो ।
उहाले हेटौंडा स्थित राप्ती नदीको पानी वीरगंज हुंदै भारतको बिहारसम्म निर्यात गर्ने योजना पनि औपचारिक रूपमा अघि बढाइएको कार्यक्रममा जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल पोस्ट मिडिया प्रालिका निर्देशक मनोज फटेलले रेडियो सीमाञ्चलले विशेष गरी शिक्षा, कृषि, स्वास्थ्य, र महिला सशक्तीकरणलाई लक्षित कार्यत्रमहरू सञ्चालन गर्ने जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, नेपाल पत्रकार महासंघका महासचिव दीपेन्द्र चौहान, मधेस प्रदेश महासंघका महासचिव श्याम बञ्जारा, स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवा अभियन्ता र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -