सहारा संवाददाता–––––––––––––––
कलैया, ०९ कार्तिक ।
अबैध चाँदी सहित बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले शंका लागेर मोटरसाइकलहरु चेकजांच गर्ने क्रममा अवैध १४ किलो चाँदी सहित २ जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित पथलैया बाट हेटौडा तर्फ जादै गरेको ना ५२ प २५८४ नं. र ना ५५ प ३९३२ नं. को मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा ट्यांकी भित्र फल्स बटम बनाई लुकाई छिपाई लैजांदै गरेको अवस्थामा अन्दाजी मुल्य रु. २५ लाख ४ हजार ९ सय ५० रूपैया बराबरको १४ किलो चाँदीका गहनाहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिनु भयो ।
चेकजाँचका क्रममा ना ५२ प २५८४ नं. मो.सा.को चालक बारा जिल्ला प्रसौनी गाउपालिका वडा नं.६ प्रस्टोका बस्ने अं.वर्ष ३३ को सन्तोष साह सोनारको साथबाट अं.९ किलो चाँदी बरामद भएको छ भने ना ५५ प ३९३२ नं. को मो.सा.चालक बारा जिल्ला जीतपुर सिमरा उ.म.न.पा. वडा नं.८ गमरगावाटोल बस्ने अं.वर्ष २७ को सुरेश महतोको साथ बाट अं.५ किलो चाँदी बरामद भएको प्रनाउ सापकोटाले जानकारी दिनु भयो ।
अवैध १४ किलो चाँदीका गहना सहित दुई पक्राउ
Facebook Comments Box