सहारा दैनिक

spot_img
Homeदेशडानाको प्रभावले कोशी र मधेसमा वर्षाको सम्भावना

डानाको प्रभावले कोशी र मधेसमा वर्षाको सम्भावना

काठमाडौँ, ८ कात्तिक (रासस)
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले समुन्द्री आधी “डाना” को प्रभाव नेपालमा पनि पर्न थालेको जनाएको छ ।
यसका कारण नेपालको पूर्वी भागमा शुक्रबारसम्म हल्का वर्षाको सम्भावना छ ।
महाशाखाका मौसमविद् मीनकुमार अर्यालले समुन्द्री आधी “डाना” को प्रभावका कारण कोशी प्रदेश र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो ।
“समुन्द्री आधी डानाको प्रभाव नेपालको पूर्वी क्षेत्रमा पर्ने देखिन्छ, बंगालको खाडीमा केही दिनअघि यो उत्पन्न भएको थियो । भारतको उडिसा र पश्चिम बंगालमा पनि यसको प्रभाव परेको छ”, उहाँले भन्नुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -