सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०६ कार्तिक ।
जनता समाजवादी पार्टी नेपाल पर्साका जिल्ला कार्यकारिणी सदस्य, विन्दवासिनी गाउँपालिका अध्यक्ष, र जगरनाथपुर गाउँपालिकाका इन्चार्ज रमेश साह तेलीले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ ।
तेलीले मंगलवार काठमाडौँमा नेपाल सरकारका खानेपानी मन्त्री एवं जसपाका उपमहासचिव प्रदीप यादव र उपाध्यक्ष रणध्वज कन्दङ्वाको हाथबाट पार्टी सदस्यता ग्रहण गरी जसपामा प्रवेश गर्नुभएको हो ।
मन्त्री यादवले तेलीको आगमनलाई महत्वपूर्ण राजनीतिक परिवर्तनको संज्ञा दिँदै अबको राजनीतिक आवश्यकता वास्तविक संघर्ष र मधेसको समर्पित नेतृत्व रहेको बताउँदै भन्नुभयो ।
सो अवसरमा उहाले जसपा नेपालले पद र सत्ताका लागि बारम्बार सम्झौता गर्दै मधेसी जनताको भावनासँग खेलबाड गरेको आरोप लगाउनुभयो । उहाले समृद्ध मधेस र सशक्त राष्ट्र निर्माणका लागि सबैलाई ढिला नगरी जसपामा सामेल हुन आग्रह पनि गर्नु भयो ।
जसपामा प्रवेश गर्नुभएको रमेश साह तेलीले मधेस र जनताको हितको संरक्षण गर्ने जिम्मेवारीबाट जसपा नेपाल चुकेको कारण आफूले जसपा प्रवेश गरेको बताउनुभयो ।
Facebook Comments Box