सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०२ कार्तिक ।
वीरगंज महानगरपालिकाले भू–तथ्यांक व्यवस्थापन गरी बैज्ञानिक ठेगाना प्रणाली लागु गर्न ड्रोन मार्फत भू–सर्वेक्षण सुरु गरेको छ ।
भू–सुशासनका लागि ३२ वटै वडाको भू–तथ्यांक संकलन गर्न ड्रोनमार्फत सर्वेक्षण सुरु गरिएको महानगरका मेयर राजेशमान सिंहले जानकारी दिनुभयो ।
शुक्रवार नेपाल–भारत प्रवेश विन्दु शंकराचार्य गेटबाट ड्रोन उडाएर तथ्यांक संकलन कार्यको मेयर सिंहले ड्रोन उडाएर सुरुवात गर्नु भएको हो ।
बढ्दो सहरीकरणसंगै जनघनत्व बृद्धि हुंदै गए पनि भू–तथ्यांक चुस्त नहुंदा तथ्यांकमा आधारित उपयोग निर्धारण नीति कार्यान्वयन गर्न कठीनाई हुंदै आएको थियो ।
भू–तथ्यांक व्यवस्थापन गर्दै वैज्ञानिक ठेगाना प्रणाली मार्फत महानगरलाई व्यवस्थित र स्मार्ट नगरका रूपमा विकास गर्न यो प्रणालीले टेवा पुर्याउने मेयर सिंहले बताउनुभयो ।
भू–तथ्यांक व्यवस्थापन भए पछि बैज्ञानिक ठेगाना प्रणाली लागु हुनुका साथै तथ्यांकमा आधारित उपयोग निर्धारण नीति अवलम्बन गर्न सहयोग पुग्ने र त्यसले कर प्रणालीमा सुधार ल्याइ कर संकलनमा समेत बृद्धि हुने हुंदा समग्र महानगरपालिकाको समृद्धिमा पनि काम गर्ने उहाले बताउनुभयो ।
युके इन्टरनेशनल डेभलपमेन्टको आर्थिक सहयोग र द एशिया फाउण्डेसनको डाटा फर डेभलपमेन्ट कार्यक्रम अन्तर्गत यो परियोजना सुरु भएको हो ।
महानगरपालिकाको ३२ वटै वडाको भू–तथ्यांक संकलन गर्न नक्सा प्रा.लि. र जीओभेसन प्रा.लि.को संयुक्त प्राविधिक साझेदारीमा आजबाट ड्रोन परिचालन भएको छ ।
ड्रोन मार्फत ३२ वटै वडाको तथ्यांक संकलन गर्न १० दिन लाग्ने र त्यसपछि तथ्यांकको प्रशोधन गरि उपयोगमा ल्याउन केही समय लाग्ने सर्वेक्षणमा संलग्न नक्सा प्रा.लि.ले जनाएको छ ।
ड्रोन मार्फत वीरगंज महानगरको भू–सर्वेक्षण
Facebook Comments Box