सहारा दैनिक

spot_img
Homeदेशमेला घुम्न निस्किएर बेपत्ता भएका विरेन्द्र मृत फेला

मेला घुम्न निस्किएर बेपत्ता भएका विरेन्द्र मृत फेला

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०१ कार्तिक ।
साथी संग मेला घुम्न निस्किएर बेपत्ता भएका विरेन्द्र साह सोनार मृत फेला परेका छन ।
आइतवार बडा दशैंको मेला घुम्न साथी संग घरबाट निस्केका सोनार बिहिवार बिहान बारा जिल्ला प्रसौनी गाउपालिका वडा नं. १ गण्डक नहर जोड्ने त्रिवेणी पुल नजिक मृत फेला परेका हुन ।
वीरगंज महानगरपालिका वडा नं. ३ स्थित शिक्षा कार्यालय नजिकै घर रहेका विन्दा साह सोनारका छोरा विरेन्द्र साह सोनारका साथी भारत विहार अरेराज घर भई रक्सौल स्थित परेउवामा डेरा गरी बस्ने विजय पटेलले मेला हेर्न भनेर बोलाएर लगेको परिवारिक श्रोतबाट बुझिन आएको छ ।
मेला हेर्न गएका विरेन्द्र घर नफर्किए पछि परिवारजनले सोध खोज गर्दा गर्दैको क्रममा घरबाट बोलाएर लगेका पटेलले नै बुधवार बिहान मृतकका परिवारलाई मोबाइलमा अडियो म्यासेज पठाएर बारा जिल्ला स्थित गण्डक नहर छेउछाउमा विरेन्द्र फेला पर्ने जानकारी गराएको पनि परिवारिक श्रोतले जनाएको छ ।
पटेलले शंकाष्पद् अडियो म्यासेज पठाए पछि परिवारजन आत्तिएर बुधवार बिहानै देखि प्रहरीको सहयोगमा सो क्षेत्रमा खोज तलास गरिरहेका थिए ।
पटेलले अडियो म्यासेज मार्फत “विरेन्द्रको बारेमा जानकारी भइ सक्यो भन्दै म्यासेजमा भनेका छन गण्डक स्थित प्रहरी चौकी देखि फेटा जाने बाटो १–२ किलो मिटरको विचमा एउटा पुल आउछ जहांबाट भेडियाही जाने बाटो पनि छ त्यसको जस्ट अगाडि पुलको छेउछाउमा खोज्नुस फेला पर्छ भनेको छ ।”
यसै विच बिहिवार बिहान हिंडडुल गर्न निस्केका स्थानीयले नहर छेउमा शव देखेर प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय प्रसौनीको प्रहरी टोली शव फेला परेको स्थलमा पुगेर मृतकको पहिचान गरेको बताइएको छ ।
मृतक विरेन्द्रको शव परिक्षणका लागि नारायणी अस्पतालमा राखिएको छ ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकास सापकोटाले विरेन्द्रको हत्या गरिएको हो वा अन्य केही कारणले मृत्यु भएको हो भन्ने विषयमा भने प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -