सहारा दैनिक

spot_img
Homeदेशभारतीय एसएसबिद्वारा दसगजा क्षेत्रमा गोली प्रहार

भारतीय एसएसबिद्वारा दसगजा क्षेत्रमा गोली प्रहार

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ असोज ।
भारतीय सिमा सुरक्षा बल (एसएसबि) ले वीरगंज–रक्सौल मुख्य नाकाको दसगजा क्षेत्रमा मंगलवार गोली चलाएका छन ।
वीरगंज महानगरपालिका वडा नं. १६ स्थित वीरगंज–रक्सौल मुख्य नाका स्थित मितेरी पुलको दक्षिणपुर्व तर्फ दसगजा क्षेत्रमा गोली चलाएको बताइए पनि नेपाल प्रहरीले भने पुष्टी गरेको छैन ।
प्रत्यक्षदर्शी अर्थात बटुवाहरुका अनुसार सो क्षेत्रमा गोली चलेको आवाज आएको बताइएको भए पनि जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले गोली चलेको पुष्टी नभएको बताउनु भयो ।
उहाले गोली चलेको भनीएको स्थानमा गोलीको खोखा भने फेला परेको बताउनु भयो ।
गोली चलेको वा नचलेको सम्बन्धमा अनसन्धान भइ रहेको बताउनु भयो ।
सिमा क्षेत्रबाट कबाडी सामान ओसार पोसार गर्नेलाई लक्षित गरी एसएसबिले गोली चलाएको चर्चा सुनिएको छ । यद्यपी एसएसबीले चलाएको गोलीले कुनै किसिमको मानवीय क्षती भएको छैन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -