सहारा दैनिक

spot_img
Homeदेशस्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकांक्षा पुरा नहुंदा हाम्रो बेचैनी...

स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकांक्षा पुरा नहुंदा हाम्रो बेचैनी बढाएको छ–पुर्व राजा शाह

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ असोज ।
पुर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहले विजया दशमी २०८१ को उपलक्ष्यमा नेपाली जनतामा शुभकामना व्यक्त गर्नु भएको छ ।
पुर्व राजा शाहले बुधवार विजया दशमी २०८१ को उपलक्ष्यमा जारी गरेको शुभकामना सन्देशमा हाम्रा घर आंगनमा हाम्रो सांस्कृतिक पर्व वडा दशैं आइपुगेको छ । उल्लास र उमंगको यो सामाजिक पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेबसेका सबै नेपालीहरुमा शुभकामना व्यक्त गर्दछौं उल्लेख गर्नु भएको हो ।
श्री ५ महाराजधिराज ज्ञानेन्द्र बिरबिक्रम शाहदेवको हैसियतले जारी गर्नु भएको शुभकामना सन्देशमा खुसि हुन र रमाउन दशै नै पर्खनु पर्ने नियतीबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसि र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पुरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वभाविक हो उल्लेख गर्नु भएको छ ।
जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाहवंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरवार छोडेका थियौ । तर दुई दशक पुरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकांक्षा पुरा नहुदा हाम्रो बेचैनी बढाएको सन्देशमा उल्लेख गर्नु भएको छ ।
उहाले नेपाल अहिले अत्यन्तै असहज अवस्थामा छ । निरन्तरको परनिर्भता र ऋणको भारले थिचिएको छ । हाम्रो गाऊबस्ती र शहरी क्षेक्र त्रमशः युवाशक्ति विहीन बन्दै गइरहेको छ । आज मुलुकमा युवाशत्तिले कमाउने र रमाउने वातावरण बन्न सकेको छैन । युवालाई स्वदेश मै रोजगारी सिर्जना गर्दै आत्म निर्भर अर्थतन्त्रको विकास गर्न विकल्प प्रस्तुत गर्न नसक्नुको परिणाम आज मुलुकले कहालीलाग्दो अवस्था भोग्दै छ सन्देश मार्फत भन्नु भएको छ ।
पुर्व राजा शाहको सन्देशमा रोजगारीको निमित्त विदेशीनु पर्ने वाध्यात्मक अवस्थाले हाम्रा खेत वारी मात्र बांझो तुल्याएको होइन हरेक बाबु आमाको मन पनि कांढाले विझाएको छ । हामीले मुलुकमा शान्ति, स्थायित्व, अमनचैन, न्याय र समृद्धि बाहेक अर्को इच्छा कहिल्यै राखेनौं । देशको सार्वभौमिक स्वतन्त्रता, अखण्डता र सामाजिक सद्भावको स्थिति अटुटु राख्ने हाम्रो चाहना हो । बाह्रय शक्तिराष्ट्रहरुको दवाव र दुस्प्रभाव हामी कहां नवढोस् यो देशमा अरुको खेल मैदान नबनोस्, हाम्रो भूमी कुनै प्रकारको अशान्तिको चपेटामा नपरोस् भन्नेमा नै हाम्रो गहिरो ध्यानदृष्टि थियो र सधैं हुनु पर्दछ उल्लेख गर्नु भएको छ ।
एकाइसौं शताब्दीको पहिलो दशक देखि नै क्षेत्रीय एवम् अर्न्तराष्ट्रिय तनाव झन गहिरो हुंदै गएको उल्लेख गर्दै शुभकामना सन्देशमा यसको प्रभावबाट नेपाल पनि चोखिन पाएको छैन । राष्ट्र राष्ट्रहरुको बीचमा विश्वासको संकट चुलिदै गएको परिदृष्य प्रष्ट नै छ । झू–राजनीतिक अवस्थाको कारणले गर्दा हाम्रो देश अछुतो रहन सकेको छैन । महाशक्तिहरु बीचको तनाव र स्वयं घोषित नवशत्तिहरुको अहमता बढ्दै गएको उल्लेख गर्नु भएको छ ।
यस्तो अवस्थामा नेपाल “शान्त राष्ट्र” को रुपमा घोषित होस् र यसैवाट विश्वभर परिचित रहोस् भन्ने हाम्रो मान्यता र आग्रह रहेको उल्लेख गर्नुको साथै सन्देमा यस दिशातर्फ हामी सबैको राष्ट्रिय संकल्प हुनै पर्दछ । नेपालका बारेमा नेपालीहरु नै निर्णायक हुनु पर्दछ भन्ने हाम्रो सोचको अपरिहार्यता वर्तमानमा देखापरेको अन्यौल र अराजकताले झन पुष्ठि गरेको छ सन्देश मार्फत भन्नु भएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -