सहारा दैनिक

spot_img
Homeदेशमाओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ–अध्यक्ष दाहाल

माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ–अध्यक्ष दाहाल

चितवन, २० असोज (रासस)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “म प्रधानमन्त्रीबाट हटे पनि जनताको बीचमा राम्रो आधार बनेको छ । त्यसकारण एक्लै लड्छौँ र जित्छौँ भन्ने आधार देशभरि घुमेर देखेको छु”, उहाँले भन्नुभयो । फरक प्रसंगमा उहाँले बाढीपहिरोजस्ता विपद्मा सबै एक हुनुपर्ने बताउनुभयो । उहाँले राजनैतिक दल, सरकार र सामाजिक संघसंस्थाहरु एक भएर पुनः निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “सरकारले उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा गर्नुपर्छ ।”

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -