राधेश्याम साह–––––––––––––––
गौर, २० असोज ।
बरिष्ठ पत्रकार प्रभात कुमार झाले पत्रकारिता पेसाको प्रमुख उद्देश्य नै आदर्श समाज स्थापना गर्नु हो बताउनु भयो ।
सगम खबर रौतहटद्वारा आयोजित विजया दशमी, शुभ दिपावली र छठको अवसरमा शुभकामना अदानप्रदान कार्यक्रममा पत्रकार झाले यस्तो बताउनु भयो ।
उहाले पत्रकारिताका माध्यमबाट आदर्श समाज स्थापनाका लागि आफैंले स्वच्छ, निस्पक्ष,निर्भीक रूपमा उपस्थित भइ सचेर जिम्मेवारी पुर्वक सही सूचना सम्प्रेषण गरी समाजका उत्प्रेरणादायी भुमिका निर्वाह गर्नेछु भावनाले मात्रै पत्रकारिता गर्नुपर्नेमा जोडदिनु भयो ।
झाले पत्रकारिता समाजको ऐना हो भन्दै विश्वमै शक्तिशाली र गरिमामय मानिएको पत्रकारिता पेसा नेपालको सन्दर्भमा सोचे अनुरूप विश्वसनीय हुन नसकिएकाले आफै लाजमर्दो कुरा हुन नदिने सचेतता गराउदै नेपाली पत्रकारितामा सबै पक्षबाट विश्वसनीयता बढाउनुपर्ने आवश्यकता औल्याउनु भयो ।
कार्यक्रममा पत्रकार महासंघ मधेस प्रदेशका सदस्य शैलेन्द्र झाले पेसागत आचरण र मर्यादा विपरीतका कर्म कहीं कतै पनि हुनु हुंदैन भन्दै पेसागत आचरण पालन नगर्ने हो भने समग्र पेसा नै “बेलगामको घोडा” सरह बन्छ भन्नु भयो ।
पत्रकारिताको पेसागत आचरणलाई आचारसंहिताले समेटेको हुन्छ । पत्रकार आचारसंहिताले पत्रकारिताको व्यावसायिक अभ्यासलाई उच्च पेसागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउने गरेकोले कसैले बाहेक गएर काम गर्न नहुने बताउनु भयो ।
संगम खवरका अध्यक्ष दिनेश कुमार यादवको सभापतित्वमा गौर स्थित जिल्ला अदालत बार एसोसिएसनको सभाहलमा आयोजित कार्यक्रमा पत्रकार महानसंघका पूर्व अध्यक्ष रवीन्द्र प्रसाद साह, शैलेन्द्र कुमार गुप्ता, प्रेस चौतारी नेपाल रौतहट शाखाका अध्यक्ष उतम कुमार उपाध्याय , महासघ शाखा रौतहटको सह–सचिव लगायत रौतहटका विभिन्न संगठनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले चाडपर्वलाई मितव्ययी ढंगले मनाउादै संस्कृतिको प्रवर्द्धनमा जोड दिएका थिए ।
Facebook Comments Box