सहारा दैनिक

spot_img
Homeअन्तर्राष्ट्रियभारतीय सेनाका मेजर जनरल देवगनको छ दिने नेपाल भ्रमण सम्पन्न

भारतीय सेनाका मेजर जनरल देवगनको छ दिने नेपाल भ्रमण सम्पन्न

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १९ असोज ।
भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन, वाइएसएम, कर्णेल अफ दी रेजिमेन्ट, ३ गोर्खा राइफल्स नेपालको छ दिने औपचारिक भ्रमण गरेका छन ।
असोज १४ गते काठमाण्डौं आउनु भएका मेजर जनरल देवगनले भ्रमणका क्रममा नेपाली सेनाका प्रधानसेनापति महारथी अशोक राज सिग्देलसंग नेपाली सेनाको मुख्यालयमा शिष्टाचार भेटवार्ता गरी छलफल गर्नु भएको छ ।
नेपालसंग भारतको द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा नेपाली सेनाका प्रधानसेनापति सिग्देलसंग छलफल गर्नु भएको हो ।
उहाले भ्रमणका क्रममा वीर भूतपूर्व सैनिकको सेवामा ईसीएचएस नेपालको पहुंचलाई अझ अगाडी बढाउने कुरामा पनि जोड दिनुभएको भारतीय दुतावासले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
नेपाल भ्रमणका क्रममा मेजर जनरल देवगनले पोखराको भ्रमण गर्नुका साथै त्यहाँ भूतपूर्व सैनिक र्‍यालीमा वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गर्नुभयो ।


नेपाल भ्रमणका क्रममा उहाले रक्षा प्रभागका विभिन्न शाखा र भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ईसीएचएस) पोलिक्लिनिकको पनि भ्रमण गर्नुभयो ।
मेजर जनरल देवगनले आफ्नो सफल र फलदायी छ दिने नेपाल भ्रमणका क्रममा दुवै देशको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन खेलेको कुशल व्यावसायिक भूमिका र नेपालमा भूतपूर्व सैनिकहरुको कल्याणका लागि लिइएका प्रयासका लागि भारतीय राजदूतावास स्थित रक्षा प्रभागका कर्मचारीहरुको प्रशंसा गर्नुभएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -