सहारा दैनिक

spot_img
Homeदेशडेंगुका १४ हजारभन्दा बढी बिरामी

डेंगुका १४ हजारभन्दा बढी बिरामी

काठमाडौँ, १८ असोज (रासस)
देशभर डेंगुबाट सङ्क्रमितको संख्या १४ हजारभन्दा बढी पुगेको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेंगु रोगको सङ्क्रमण देखिएको छ ।
केही दिन अघि पानी परेका कारणले डेंगु सङ्क्रमण बढेको बताउनुझयो । हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण देखिएको छ । डेंगुको सङ्त्रमणबाट हालसम्म सात जनाको निधन भइसकेको छ ।
गण्डकी प्रदेशमा सबैभन्दा बढी
डेंगुको सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा छ हजार नौ सय २० देखिएको छ ।
कोशी प्रदेशमा एक हजार तीन सय २९, मधेसमा दुई सय ८६, बागमतीमा चार सय ८९, लुम्बिनी नौ सय ९५, कर्णालीमा दुई सय २० र सुदूरपश्चिम प्रदेशमा सात सय ३६ जनामा डेंगु सङ्क्रमण देखिएको छ ।
उपत्यकामा दुई हजारभन्दा बढी
उपत्यकामा दुई हजार नौ सय ९८ जनामा डेंगु सङ्क्रमण देखिएको छ । काठमाडौँ जिल्लामा एक हजार नौ सय ८६ भक्तपुर दुई सय २३ र ललितफुर चार सय ८९ जनामा डेंगी सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोगको सङ्त्रमण बढेपछि हरेक शुक्रबार सरकारी, गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै “लामखुट्टे खोज र नष्ट गर” अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -