सहारा संवाददाता–––––––––––––––
वीरगंज, १५ असोज ।
पर्सा प्रहरीले नियन्त्रणमा लिएको रु. १ करोड ६७ लाख भन्दा बढिको मालबस्तुहरू लोड रहेको ट्रकहरू राजस्वमा बुझाइएको छ ।
विशेष सूचनाको आधारमा सोमवार राती साढे १० बजे वीरगंज महानगरपालिका वडा नं.१६ नगवा स्थित सडकखण्डबाट नियन्त्रणमा लिएको मालबाहक दुई ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीमनपा वडा नं. १६ नगवा स्थित सडकखण्डबाट ना.५ ख ५५४२ र बा.प्र.०३–००१ ख १६५५ नम्बरको मालबाहक ट्रकहरूमा साथमा रहेको विल विजक भन्दा बढीका औषधी तथा खाद्यान्न लगायतका मालबस्तुहरू लोड रहेको फेला परे पछि नियन्त्रणमा लिएको जनाइएको छ ।
वीरगंजबाट बांके र चितवन तर्फ लैजांदै गरेको अवस्थामा मालबाहक ट्रकहरू नियन्त्रणमा लिइ अ.मू.रू.१ करोड ६७ लाख १९ हजार ४ सय बराबरका खाद्यान्न तथा औषधी लगायतका मालबस्तुहरू सहित आवस्यक कारवाहीको लागी मंगलवार राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
१ करोड ६७ लाख भन्दा बढिको मालबस्तुहरू लोड ट्रकहरू नियन्त्रण
Facebook Comments Box