सहारा दैनिक

spot_img
Homeदेशमधेशविपदबाट रौतहटमा २ को मृत्यु, ५ हजार भन्दा बढि विस्थापित, किसान समस्याग्रस्त

विपदबाट रौतहटमा २ को मृत्यु, ५ हजार भन्दा बढि विस्थापित, किसान समस्याग्रस्त

राधेश्याम साह–––––––––––––––
गौर, १४ असोज ।
अविरल वर्षासंगै आएको बाढीले रौतहतमा दुई जनाको मृत्यु भएको छभने डुबानका कारण पाँच हजार भन्दा बढी विस्थापित भएका छन त्यस्तै बालीनालीमा समेत ठुलो नोक्सानी भएको छ ।
बाढी तथा डुबानका कारण सोमबारसम्म दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्लाको दुर्गाभवानी गाउपालिका वडा नं. ४ पचरुखीको ४५ वर्षीय राजकुमार मुखियाको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ भने परोह नगरपालिका वडा नं. ७ नरकटियामा घाँस काट्ने क्रममा १४ वर्षीया बालिका आशाकुमारी साहको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अविरल वर्षासंगै आएको बाढीले जिल्लामा १८१० घरधुरीमा बसोबास गर्ने झण्डैं साढे पाँच हजार नागरिक विस्थापित भएका छन ।
त्यस्तै बाढीका कारण बालीनालीमा नोक्सानी भएपछि रौतहटका किसान चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था उत्पन्न भएको छ ।
बैंक,साहू, संस्था लगायतबाट ऋन काढेर तथा घरमा रहेको अन्न गेहु धान, मसुरो सहितका खद्दानबाली बिक्री गरेर जसोतसो खेती गरेका किसान खेतबारीमा लगाइएको बाली बाढीले तहसनहस पारेपछि ब्याज बुझाउन समस्या भएको बताउछन ।
बैंकबाट कर्जा लिएर किसानले धान बाली,तरकारी, केरा र उखुखेती गरेका थिए । बाढी र डुबानग्रस्त क्षेत्रका साना किसानले लिएको ऋण कर्जा कसरी सधान हुने भन्ने चिन्तामा किसानहरु परेका छन ।
बाढीका कारण क्षति व्यहोरेका किसानलाई बाली लगाउन एक प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।
किसानको मनोबल उच्च राख्नका लागि फलफूल, उखु, तरकारी बाली लगायतका क्षतिपूर्ति यथाशिघ्र उपलब्ध गराउनुपर्ने किसानहरु बताउछन ।
बाढीका कारण रौतहट जिल्लामा दर्जनौ घर भत्केका छन भने १ हजार भन्दा बढि घर डुबानमा परेको जानकारी आएको प्रहरीले जनाएको छ ।
रौतहट जिल्लाको ८ वटा प्रहरी चौकी पनि विस्थापित भएका छन ।
जिप्रका रौतहटका अनुसार प्रहरी चौकी बेलबिछुवा, बसतपुर, बर्डवा, भन्सार सुरक्षा, कासुगार्ड, अस्थायी ट्राफिक पोष्ट गौर, इलाका प्रहरी कार्यालय बञ्जारा बाढीका कारण विस्थापित भएका छन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -