सहारा दैनिक

spot_img
Homeदेशपानीमा डुबेको अवस्थामा बालकको शव फेला

पानीमा डुबेको अवस्थामा बालकको शव फेला

सर्लाही, १४ असोज (रासस)
सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ ।
बलरा नगरपालिका ३, स्थित लक्ष्मीपुरका १२ वर्षीय अङ्कित ठाकुरको शव आज पानीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बिहान घरदेखि दुई किलोमिटरको दूरीमा बाढीको पानी जमेको खाल्डोमा डुबेको अवस्थामा बालकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठकानुसार गत ११ गते शुक्रबार भारतमा रहेका आफन्तकोमा जान्छु भनेर घरबाट हिाडेका बालक बेपत्ता भएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको उहााले जानकारी दिनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -