सहारा दैनिक

spot_img
Homeदेशमधेस प्रदेशमा बाढीवाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति

मधेस प्रदेशमा बाढीवाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति

जनकपुरधाम, १४ असोज (रासस)
मधेस प्रदेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।
मृत्यु हुनेमा एक बालिकासमेत रहेकी छिन् । मृत्यु हुनेमा महोत्तरी र रौतहटका दुई द्ईु तथा सप्तरी र सर्लाहीका एक एकजना रहेका छन् ।
बाढीले बगाउँदा दुईजना बेपत्ता छन् भने आठजना घाइते भएका मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिनुभयो । बेपत्ता हुनेमा सर्लाही र पर्साका एक एकजना रहेका छन् । मधेसका आठ जिल्लामा बाढीबाट रु ५६ लाखको क्षति भएको छ ।
बाढीबाट नौ पशुचौपाया समेत मरेका छन् । मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका ८ का १६ वर्षीय रोहित साह र बर्दीवास नगरपालिका ११ का २१ वर्षीय मानबहादुर थिङ, सप्तरीको बलान बिहुल गाउँपालिका ४ घर भई हाल राजविराज नगरपालिका ८ मा बस्दैआएका आठ वर्षीय प्रिन्सकुमार साह, रौतहटको दुर्गाभगवती गाउँपालिका ४ का ३७ वर्षीय राजकुमार मुखिया र पर्रोहा नगरपालिका ७ की १४ वर्षीया आशाकुमारी साह तथा सर्लाहीको बलरा नगरपालिका(३ लक्ष्मीपुरका १२ वर्षीय अङ्कित ठाकुर रहेका छन् ।
यसैगरी सर्लाहीको बागमती नगरपालिका ९ का १५ वर्षीय मुकेश महतो सोती खोलाले बगाउँदा बेपत्ता भएका छन् । पर्सामा एक बालिका बेपत्ता भएकी छिन् ।
आठ जिल्लामध्ये रौतहटमा तीन, सिरहामा एक, सर्लाहीमा एक तथा बारामा तीनजना घाइते भएका प्रहरी उपरीक्षक बोहोराले जानकारी दिनुभयो ।
बाढीबाट ९६ परिवारका चार सय ८८ जना विस्थापित भएका छन् । बाढीमा फसेका ३५ जनालाई उद्दार गरिएको छ । आजदेखि प्रदेशको जनजीवन सामान्य हुँदैगएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -