सहारा दैनिक

spot_img
Homeदेशअविरल वर्षाका कारण पर्सा जिल्लामा दर्जनौ घरधुरी डुबानमा

अविरल वर्षाका कारण पर्सा जिल्लामा दर्जनौ घरधुरी डुबानमा

वीरगंज महानगर सहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बल विपद प्रतिकार्यमा सकृय

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ असोज ।
अविरल वर्षाका कारण पर्सा जिल्लामा ८३ घरधुरी डुबानमा परेका छन भने केही बाटोघाटो समेत अवरुद्ध भएको छ ।
अविरल वर्षाको कारण मानवीय क्षति नभए पनि जिल्लाका ८३ घरधुरी डुबानमा परेको जिल्ला प्रहरी कार्यालय पर्साबाट बुझिन आएको छ ।
वर्षाका कारण वीरगंज महानगरपालिका वडा नं. ११ रानीबाटस्थित डोमबस्तीका २७ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ ।
प्रहरीका अनुसार वीरगंज महानगर क्षेत्रका ४२ घरधुरीमा डुबानको समस्या देखिएका छन ।
वीरगंज महानगरपालिका लालपर्सास्थित भेडाहा खोलामा आएको बाढिको कारणले वीमनपा वडा नं. ३० स्थित ब्रहृमाटोल छेउछाउमा रहेका १० वटा फुसका घर डुबेको छ । फुसका घरमा बसोबास गरेका सर्वसाधारणलाई वडा कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।
त्यस्तै वडा नं. ३० स्थित सर्वोत्तम फ्याक्ट्रीदेखि लालपर्सा जाने खेतको भित्री बाटोमा अविरल वर्षाको कारण पानी जमेर बाटो अवरुद्ध भएको स्थानीयले जनाएका छन ।
वीमनपा वडा नं. १ र २ छपकैयास्थित भकुवामा नालाको पानी ओभरफ्लो भएर वस्तीमा छिरेको स्थानीयले जनाएका छन ।
नाला कै पानी ओभर फ्लो भएर वीमनपा वडा नं. ५, ६ र ७ मा बस्तीमा छिरेको छ भने वडा नं. १० र ११ मा सिर्सिया नदिको पानी उर्लीएर बस्तिमा प्रवेस गरेको छ ।
वर्षाकै कारण वीरगंज महानगरदेखि विन्दवासिनी गाउँपालिकातर्फ जाने तिलावे पुलबाट २० मिटरभन्दा परको सडक चर्किएको छ । पानी ओभरफ्लो हुँदा सो सडक क्षति भएको प्रहरीले जनाएको छ । त्यसैगरी, वडा प्रहरी कार्यालय श्रीपुरको पनि पर्खाल भत्किएको छ ।
यसै विच वर्षाका कारण आएको बाढिबाट प्रभावितहरुलाई उद्दार तथा प्रतिकार्यमा वीरगंज महानगरका र नेपाल प्रहरीको विपद प्रतिकार्य टोली सकृय भएका छन ।
लगातारको वर्षाले वीरगंजको सिर्सिया, तिलावे लगायतका नदीहरुको बहाव बढ्दै जांदा तटीय क्षेत्रका वस्तिमा रातको समयमा हुन सक्ने डुबान र कटानबाट सचेत हुन संभावित स्थानमा पुगेर सतर्कता अपनाउन आग्रह गर्दै वीरगंज महानगर, नेपाल प्रहरी र ससस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ ।
विपदलाई सबै मिलेर सामना गर्न बीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले अपिल गर्नु भएको छ ।
वर्षाका कारण आएको बाढिले वीरगंज देखि भिष्वा जाने सडक अवरुद्ध भएको छ । त्यसैगरी पकाहामैनपुर गाउँपालिकामा ३६ घरधुरीमा डुबानको समस्या देखिएको छ ।
भिष्वा देखि सबैठा जाने सडकको आवतजावत पनि अवरुद्ध भएको छ । बहुदरमाई नगरपालिकामा पाँच घरधुरी डुबानमा परेका छन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -