सहारा दैनिक

spot_img
Homeदेशनारायणगढ–मुग्लिन सडकखण्ड रातिमा बन्द

नारायणगढ–मुग्लिन सडकखण्ड रातिमा बन्द

चितवन, ११ असोज (रासस)
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
लगातारको वर्षापछि पहिरो खस्न सक्ने जोखिम रहेको उल्लेख गर्दै रातको समयमा सवारी आवतजावत बन्द गरिने भएको हो ।
जिल्ला प्रहरी कार्यालय चिवतवनका प्रमुख भावेश्वर रिमालका अनुसार आज र भोलि सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो । उहाँका अनुसार बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ ।
अत्यावश्यक सवारीबाहेक अन्य सवारी सञ्चालन नहुने उहाँले बताउनुभयो । सवारी साधन नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने उहाँले जानकारी दिनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -